• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, माघ ०८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

प्युठानमा १४ जनाको मनोनयन दर्ता

प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

लोकप्रिय समाचार

  • १. जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

  • २. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

  • ३. रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

  • ४. सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

  • ५. प्युठानमा १४ जनाको मनोनयन दर्ता

  • ६. एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

  • ७. ‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त

  • ८. घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

  • ९. ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

  • १०. अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

धान दिवस : असार पन्ध्रकाे महत्त्व


  •   बिहिबार, असार १४, २०८० मा प्रकाशित
  • -शिवलाल सुवेदी
    मुठी राेपेर मुरी उब्जाउने महीनाको मध्य अर्थात् असार १५ आजको दिन नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । नेपालीको मुख्य खाद्यान्न बाली धानको रोपाइँ हुने महिनाका रूपमा असारको आफ्नै महत्व र विशेषता छ । किसानले असारलाई मानो खाएर मुरी उब्जाउने महिनाका रूपमा लिने गर्छन् । यही महिनामा रोपिने धान फलाएर वर्षभरि खाने अन्नको जोहो हुन्छ । कृषिप्रधान देश भएकै कारण यहाँ कृषि कर्मलाई उच्च महत्व दिने गरिएको छ । विशेषगरी असार १५ लाई नेपाली जनजीवनको अभिन्न तथा महत्वपूर्ण दिनका रूपमा पनि लिइन्छ । सामाजिक, आर्थिक तथा सांस्कृतिक तवरले पनि धान खेतीको नेपाली जनजीवनसँग निकटको सम्बन्ध रहिआएको छ । यसैले पनि यस दिनलाई नेपालमा राष्ट्रिय धान दिवसका रूपमा झन्डै दुई दशक अघिदेखि आधिकारिक रूपमा मान्यता दिइएको हो । कृषिप्रधान देश नेपालका लागि यसदिनले सर्वाधिक महत्व राखेको पाइन्छ । प्रत्येक वर्ष आउने आजकै दिनलाई राष्ट्रिय धान दिवसका रुपमा समेत स्मरण गर्ने गरिएको छ । आजको यस दिनलाई मानो रोपेर मुरी फलाउने दिनका रुपमा समेत लिइन्छ । धान नेपालका लागि प्रमुख बालीसमेत भएको कारणले पनि यो दिवसको महत्व र भूमिकाको सन्दर्भमा कुरा गर्दा देशभरिका किसानहरुका निम्ति यस दिनकाे विशेष महत्त्व छ । कृषि प्रधान देश नेपालका हाम्रा किसान दाजुभाई दिदिबहिनीहरुलाई असार महिनाभर नै धान राेप्ने चटाराे हुन्छ । वाह्रै महिना व्यस्त रहने कृषकहरुले पनि असार १५ लाई विशेषगरी लिने र मनाउनुका साथै रमाइलो गर्ने गरि यस दिनलाई  गौरव र प्रतिष्ठाको विषय वनाएकाे पाईन्छ । जुन जीवनको आधारकै रुपमा अघि बढेको पनि छ ।  कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महीनामा खेतीमा ब्यस्त हुन्छन् । आजका दिन असार १५ असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीतसङै वाजागाजाका साथ मानिसहरु भेला गरेर खेतमै रमाइलो पनि गरिन्छ । असार १५ लाई दहीचिउराको सांस्कृतिक बिम्बले समेत बाँधेको छ । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । दहीचिउरा खाएपछि विधिवत्रुपमा रोपाइ“को प्रारम्भ भएको मानिँदै आइए पनि विगतमा झैँ अहिले त्यसको महत्वमा निकै कमी आइरहेको छ । रोपाइ गर्ने समयमा खाइने चिउरा पनि धानबाटै बन्ने हुनाले यसको बेग्लै महत्व रहेको छ भने स्वास्थ्यका दृष्टिकोणले दही चिउरा खानुलाई पनि महत्वपुर्ण रुपमा लिईएकाे छ । पानी सहितको हिलोमा काम गर्दा चिसो लाग्ने हुनाले यसलाई कम गर्न दही महत्वपुर्ण हुने जानकारहरु बताउछन् । वर्षायाम भएकाले पानीमा काम गर्दा शरिर भिजेर ढाडिने र जसले गर्दा पखाला समेत लाग्न सक्ने भएकाले पनि दही चिउरा खानु स्वास्थ्यका लागि राम्रो हुने स्वास्थ्य क्षेत्रमा काम गर्नेहरु वताउछन । दहि चिउरा खाने दिन वजार पसलमा दही र चिउरा किन्नेको भिड नै दे्खीने गरिएको छ । धान रोपाईसँग दही चिउराको सम्बन्ध रहेर पनि अहिले फेसनका रुपमा मात्र दही चिउरा खाने चलन पनि उत्तिकै बढ्दै गएको छ । कतिले दही चिउरा खाँदै सेल्फी लिने , सामाजिक संजालमा दही चिउरा खाएको फोटो हाल्ने चलन पनि बढ्दै गएको छ।
    किसानका लागि खाँचो देखिन्छ  । नेपालको संविधानले नै खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेका कारण पनि धानजस्ता प्रमुख अन्नबालीको संरक्षण सरकारी प्राथमिकतामा पर्नुपर्ने देखिन्छ । मलखाद, उन्नत बीउ बिजन, सिँचाइ सुविधा तथा आधुनिक कृषि उपकरण तथा सरकारी सहुलियतको उपलब्धता सम्भव भएमा अझै पनि मुलुक धानजस्ता प्रमुख अन्नबालीमा आत्मनिर्भरताको बाटोमा अग्रसर हुने सम्भावना छ । किनकि, हामीसँग उब्जनीयोग्य भूमि छ, परम्परा ज्ञान मात्र होइन आधुनिक सीप र प्रविधि पनि भित्रिएको छ । बर्सेनि अर्बौं रुपियाँको धान चामल आयात गर्नुभन्दा केही किसानलाई सहुलियत प्रदान गर्न सकिए खाद्यान्न बालीतर्फको आत्मनिर्भरता धेरै टाढाको विषय होइन । यसका लागि समयमै मल उपलब्ध गराएर किसानलाई धान खेती गर्नेतर्फ प्रेरित गर्नुपर्छ । यसका लागि जमिन बाँझो नराख्ने अभियान नै चलाइनुपर्छ । खुसीको अनुहार लिएर किसान असारे हिलोमा प्रवेश गर्ने वातावरण राज्यले वनाउन मात्रै दही चिउरा खाएर १५ असार मनाउनुको सार्थकता हुनेछ । धान दिवसको शुभकामना ।।।

    Advertisement

    बिहिबार, असार १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानमा १४ जनाको मनोनयन दर्ता
    प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार
    नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता
    नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति
    कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै
    तेम्बा तामाङ : भाँडा माझ्ने हातदेखि मास्टर सेफसम्म

    लोकप्रिय

    • १.
      जनताको अधिकारका लागि संघर्ष जारी छ :

    • २.
      नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन

    • ३.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ४.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना

    • ५.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • ६.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन

    भर्खरै

    • १.
      ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

    • २.
      प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

    • ३.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • ४.
      प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

    • ५.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

    • ६.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

    • ७.
      नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

    • ८.
      घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...