• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ३. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ४. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ५. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ६. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ७. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ८. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ९. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • १०. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

धान दिवस : असार पन्ध्रकाे महत्त्व


  •   बिहिबार, असार १४, २०८० मा प्रकाशित
  • -शिवलाल सुवेदी
    मुठी राेपेर मुरी उब्जाउने महीनाको मध्य अर्थात् असार १५ आजको दिन नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । नेपालीको मुख्य खाद्यान्न बाली धानको रोपाइँ हुने महिनाका रूपमा असारको आफ्नै महत्व र विशेषता छ । किसानले असारलाई मानो खाएर मुरी उब्जाउने महिनाका रूपमा लिने गर्छन् । यही महिनामा रोपिने धान फलाएर वर्षभरि खाने अन्नको जोहो हुन्छ । कृषिप्रधान देश भएकै कारण यहाँ कृषि कर्मलाई उच्च महत्व दिने गरिएको छ । विशेषगरी असार १५ लाई नेपाली जनजीवनको अभिन्न तथा महत्वपूर्ण दिनका रूपमा पनि लिइन्छ । सामाजिक, आर्थिक तथा सांस्कृतिक तवरले पनि धान खेतीको नेपाली जनजीवनसँग निकटको सम्बन्ध रहिआएको छ । यसैले पनि यस दिनलाई नेपालमा राष्ट्रिय धान दिवसका रूपमा झन्डै दुई दशक अघिदेखि आधिकारिक रूपमा मान्यता दिइएको हो । कृषिप्रधान देश नेपालका लागि यसदिनले सर्वाधिक महत्व राखेको पाइन्छ । प्रत्येक वर्ष आउने आजकै दिनलाई राष्ट्रिय धान दिवसका रुपमा समेत स्मरण गर्ने गरिएको छ । आजको यस दिनलाई मानो रोपेर मुरी फलाउने दिनका रुपमा समेत लिइन्छ । धान नेपालका लागि प्रमुख बालीसमेत भएको कारणले पनि यो दिवसको महत्व र भूमिकाको सन्दर्भमा कुरा गर्दा देशभरिका किसानहरुका निम्ति यस दिनकाे विशेष महत्त्व छ । कृषि प्रधान देश नेपालका हाम्रा किसान दाजुभाई दिदिबहिनीहरुलाई असार महिनाभर नै धान राेप्ने चटाराे हुन्छ । वाह्रै महिना व्यस्त रहने कृषकहरुले पनि असार १५ लाई विशेषगरी लिने र मनाउनुका साथै रमाइलो गर्ने गरि यस दिनलाई  गौरव र प्रतिष्ठाको विषय वनाएकाे पाईन्छ । जुन जीवनको आधारकै रुपमा अघि बढेको पनि छ ।  कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महीनामा खेतीमा ब्यस्त हुन्छन् । आजका दिन असार १५ असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीतसङै वाजागाजाका साथ मानिसहरु भेला गरेर खेतमै रमाइलो पनि गरिन्छ । असार १५ लाई दहीचिउराको सांस्कृतिक बिम्बले समेत बाँधेको छ । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । दहीचिउरा खाएपछि विधिवत्रुपमा रोपाइ“को प्रारम्भ भएको मानिँदै आइए पनि विगतमा झैँ अहिले त्यसको महत्वमा निकै कमी आइरहेको छ । रोपाइ गर्ने समयमा खाइने चिउरा पनि धानबाटै बन्ने हुनाले यसको बेग्लै महत्व रहेको छ भने स्वास्थ्यका दृष्टिकोणले दही चिउरा खानुलाई पनि महत्वपुर्ण रुपमा लिईएकाे छ । पानी सहितको हिलोमा काम गर्दा चिसो लाग्ने हुनाले यसलाई कम गर्न दही महत्वपुर्ण हुने जानकारहरु बताउछन् । वर्षायाम भएकाले पानीमा काम गर्दा शरिर भिजेर ढाडिने र जसले गर्दा पखाला समेत लाग्न सक्ने भएकाले पनि दही चिउरा खानु स्वास्थ्यका लागि राम्रो हुने स्वास्थ्य क्षेत्रमा काम गर्नेहरु वताउछन । दहि चिउरा खाने दिन वजार पसलमा दही र चिउरा किन्नेको भिड नै दे्खीने गरिएको छ । धान रोपाईसँग दही चिउराको सम्बन्ध रहेर पनि अहिले फेसनका रुपमा मात्र दही चिउरा खाने चलन पनि उत्तिकै बढ्दै गएको छ । कतिले दही चिउरा खाँदै सेल्फी लिने , सामाजिक संजालमा दही चिउरा खाएको फोटो हाल्ने चलन पनि बढ्दै गएको छ।
    किसानका लागि खाँचो देखिन्छ  । नेपालको संविधानले नै खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेका कारण पनि धानजस्ता प्रमुख अन्नबालीको संरक्षण सरकारी प्राथमिकतामा पर्नुपर्ने देखिन्छ । मलखाद, उन्नत बीउ बिजन, सिँचाइ सुविधा तथा आधुनिक कृषि उपकरण तथा सरकारी सहुलियतको उपलब्धता सम्भव भएमा अझै पनि मुलुक धानजस्ता प्रमुख अन्नबालीमा आत्मनिर्भरताको बाटोमा अग्रसर हुने सम्भावना छ । किनकि, हामीसँग उब्जनीयोग्य भूमि छ, परम्परा ज्ञान मात्र होइन आधुनिक सीप र प्रविधि पनि भित्रिएको छ । बर्सेनि अर्बौं रुपियाँको धान चामल आयात गर्नुभन्दा केही किसानलाई सहुलियत प्रदान गर्न सकिए खाद्यान्न बालीतर्फको आत्मनिर्भरता धेरै टाढाको विषय होइन । यसका लागि समयमै मल उपलब्ध गराएर किसानलाई धान खेती गर्नेतर्फ प्रेरित गर्नुपर्छ । यसका लागि जमिन बाँझो नराख्ने अभियान नै चलाइनुपर्छ । खुसीको अनुहार लिएर किसान असारे हिलोमा प्रवेश गर्ने वातावरण राज्यले वनाउन मात्रै दही चिउरा खाएर १५ असार मनाउनुको सार्थकता हुनेछ । धान दिवसको शुभकामना ।।।

    Advertisement

    बिहिबार, असार १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ३.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ४.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ५.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ६.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...