दाङ। खाद्य अधिकार संजाल दाङले प्रमुख जिल्ला अधिकारी सुशिल बैद्यलाई ज्ञापन पत्र बुझाएको छ । पछिल्लो समय खाद्यान्न उत्पादनमा किसानहरुलाई निकै समस्या परेको भन्दै समस्या समाधानको लागि सरकारको ध्यानाकर्ष गराउनको लागि ज्ञापन पत्र बुझाइएको संजाल दाङकि अध्यक्ष साजिदा सिद्धिकिले बताउनुभयो । खाद्य अधिकार संजालले किसान तथा खाद्य क्षेत्रको बारेमा काम गर्दै आएको छ। संजाल दाङकि अध्यक्ष साजिदा सिद्धिकि , संजालका प्रदेश संयोजक सुरेश गौतम , महासचिव मौसम आचार्य लगायत अन्य सदस्यहरुको टोलीले बर्षायाम सुरुहुदै गर्दा किसानलाई मल विउ सहज रुपमा उपलब्ध गराउने , सगरमाथा सिमेन्ट उद्योगको प्रदुशनका कारण सो क्षेत्रमा रहेका खेतियोग्य जमिनमा उब्जनि नभएको भन्दै त्यसको ब्यबस्थापनको माग , बाढिले खेतियोग्य जमिन कटान गरी बगरमा परिणत भएको हुदा बाकि रहेको जमिन कटानबाट बचाउन तत्काल तटबन्ध गर्नुपर्ने र कुसुन्डा समुदायका नागरिकहरुको नागरिकता सहज रुपमा उपलब्ध गराउने र उनिहरुको उचित आवासको ब्यबस्थासंगै खाद्यान्न ब्यबस्थापनको माग लगायतका कुराहरु समेटिएको ज्ञापन पत्र प्रजिअ बैद्यलाई बुझाईको हो । कार्यक्रमको बारेमा संजालका प्रदेश संयोजक सुरेश गौतमले जानकारी गराउनु भएको थियो भने संजाल दाङकि अध्यक्ष साजिदा सिद्धिकिले पत्र हस्तान्तरण गर्नुभएको हो ।
खाद्य अधिकार संजाल दाङले बुझायो प्रजिअलाई ज्ञापन पत्र
खाद्य अधिकार संजाल दाङले बुझायो प्रजिअलाई ज्ञापन पत्र
Advertisement
तपाईको प्रतिक्रिया