दिपक वली, घोराही। नागरीक समाज दाङले नेपाल सरकारका प्रबक्ता तथा संघिय सुचना तथा संचार मन्त्री रेखा शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको छ । जिल्लामा अलपत्र परेका मुख्य ३ वटा एजेन्डालाई समेटेर मन्त्री शर्मालाई ध्यानाकर्षण पत्र बुझाईएको हो। दाङको मुख्य समस्यामा रुपमा रहेको बिगत ४ बर्ष देखि अलपत्र परेको घोराहि तुलसिपुर सडक , स्वास्थ्य र विमानस्थल लगायतका एजेन्डा ध्यानाकर्षण पत्रमा लेखिएको छ । भारतीय एक्जिम बैंकको सहयोगमा घोराहि तुलसिपुर सडक निर्माण गर्ने जिम्मा भारतीय निर्माण कम्पनि तथ्य इन्जिनियरीङ एन्ड इन्फ्रा प्रोजेक्टले पाएको थियो । तर चार बर्षमा सडकको प्रगति जम्मा १० प्रतिशत मात्र भएको छ । यता दाङमा हवाइ सेवा पनि नियमित छैन । तुलसिपुरमा रहेको विमानस्थलको धावन मार्ग विस्तार अथवा नारायणपुरमा बन्ने भनिएको विमानस्थललाई पनि बजेट बिनियोजन गर्न आग्रह गरेको नागरीक समाज दाङका संयोजक केवि मसालले जानकारी दिनुभयो । साथै बिकास निर्माणको कामलाई दाङबाट प्रतिनिधित्व गर्ने संघिय सांसद तथा मन्त्रि रेखा शर्माले छिटो भन्दा छिटो बजेट सुनिश्चीता गर्नुपर्ने नागरीक समाज दाङका अभियन्ता ई. अनन्तराज घिमिरेले बताउनुभयो । साथै उँहाले दाङमा स्वाथ्य क्षेत्रमा अस्पतालहरु रीफर सेन्टरको रुपमा रहेको हुदा यो समस्याको पनि पहलकदमि लिनुपर्ने बताउनुभयो । बन्न लागेको मेडिकल कलेजमा पनि बजेटको कमिले समस्या आएको हुदा सम्बन्धित निकायले यसमा चासो दिनुपर्ने ध्यानाकर्षण पत्र हस्तान्त्रण कार्यक्रममा उपस्थित साहित्यकार तथा पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष नारायण प्रसाद शर्माले बताउनुभयो । प्रदेश सभा सदस्य राजु खनाल सहितको उपस्थितिमा नागरीक समाज दाङका संयोजक केवि मसालको नेतृक्त्व तथा समाजका अभियान्ता ई. अनन्तराज घिमिरे साहित्यकार नारायण प्रसाद शर्मा लगायतले सुचना तथा संचार मन्त्रि शर्मालाई ध्यानाकर्षण पत्र हस्तान्त्ररण गरे । ध्यानाकर्षण पत्र बुझ्दै मन्त्रि शर्माले मुख्य दाङका बिकास निर्माण लगायतका समस्या छिटो भन्दा छिटो समाधान गर्न पहलकदमि चाल्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाले घोराही तुलसिपुर चार लेन सडकको ठेक्का सम्झौता तोडिएको बताउनुभयो । नयाँ टेन्डरको लागि समय लाग्ने बताउँदै उँहाले त्यसअघि सडक डिभिजन कार्यालयले सडक मर्मत सम्भारको काम अघि बढ्ने बताउनुभयो । बिभिन्न संघ संस्थाले अलपत्र बिकास निर्माणका काम सम्पन्न गर्न पछिल्लो समयमा तदारुकता देखाएका छन ।
नागरीक समाज दाङले बुझायो मन्त्री शर्मालाई ध्यानाकर्षण पत्र
नागरीक समाज दाङले बुझायो मन्त्री शर्मालाई ध्यानाकर्षण पत्र

Advertisement
तपाईको प्रतिक्रिया