प्युठान। राष्ट्रिय जनमोर्चा प्युठानको अध्यक्षमा ज्ञामुराम न्यौपाने चयन हुनुभएको छ ।
Advertisement
शनिबार सम्पन्न छैठौं जिल्ला सम्मेलनले न्यौपानेको अध्यक्षतामा ३१ पूर्ण र १० वैकल्पिकसहित ४१ सदस्यीय जिल्ला समिति चयन गरेको हो । यस्तै, सम्मेलनले १० सदसिय सल्लाहकार समेत चयन गरेको छ ।
जिल्ला समितिको उपाध्यक्षमा ईमानसिंह खड्का, सचिव केशवराज आचार्य, सहसचिव नारायण जिसी र कोषाध्यक्षमा टिकाबहादुर जिसी चयन हुनुभएको छ । न्यौपाने यसअघि नेकपा मसाल प्युठानको प्रबक्ता हुनुहुन्थ्यो ।