• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, जेठ १९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मध्यपुरमा धिमे तालिम सम्पन्न, ५३ जना युवा प्रशिक्षित

किसानलाई सहुलियतमा धानको बीउ

गुल्मीमा विश्व सुर्तीजन्य पदार्थ रहित दिवसमा सचेतना कार्यक्रम

गौमुखी भ्रमण वर्ष २०८२ घोषणा, एक लाख पर्यटक भित्र्याउने लक्ष्य

राप्तीमा ६२६ जनाको क्षयरोग परीक्षण, १७ मा पुष्टि

बजेटमा स्वर्गद्वारी, नौमुरे र रणनीतिक सडक समेटिए

गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र लुम्बिनीमा अब्बल

गणतन्त्र दिवसमै जनकपुरधामबाट ‘संघीय गणतान्त्रिक गठबन्धन’को घोषणा

गणतन्त्र दिवसमा प्युठानमा दीप प्रज्वलन र सरसफाइ

लोकप्रिय समाचार

  • १. प्युठानको सर्वोच्च शिर : कोठिभिर

  • २. प्युठानका पुन राष्ट्रिय युवा संघको केन्द्रीय सदस्यमा दोहोरिए

  • ३. इच्छुक क्रान्तिकारी नेताका रूपमा पनि स्मरणीय : सभामुख घर्ती

  • ४. प्युठानमा नियुक्त र बढुवा भएका शिक्षक सम्मानित

  • ५. गुल्मीको सिमाघाटमा बेमौसमी हिँउदे मकै उत्पादन

  • ६. प्यूठानमा गोराथोकी नेतृत्वमा अनेरास्ववियु (छैठौं) को नयाँ समिति चयन

  • ७. हराउँदै गएका प्युठानका ‘कोट’हरू: सत्ताबाट सम्पदासम्मको यात्रा

  • ८. प्युठानका खोलामा अवैध उत्खनन, जेसिवी र टिपर नियन्त्रणमा

  • ९. मेयर कप कराँते : पाँच स्वर्णसहित सूर्यविनायक च्याम्पियन

  • १०. राप्ती–३ मा क्षयरोग स्क्रिनिङ, दुई जनामा क्षयरोग पुष्टि

रेसुङ्गा र अयोध्या बिच सम्बन्ध प्रगाढ गर्न धार्मिक मेला


  •   बुधबार, बैशाख २७, २०८० मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा र भारतको अयोध्यासम्मको सम्बन्ध विस्तारका लागि मेला आयोजना गरिएको छ । रेसुङ्गाको सम्बन्ध त्रेता युगदेखि अयोध्यासँग रहेको छ ।
    रेसुङ्गामा श्रीराम महायज्ञ, श्रीराम कथा वाचन महामहोत्सव एवं विराट सन्तभक्त दर्शन मेला चलिरहेको छ । रेसुङ्गा संरक्षण समितिको आयोजनामासञ्चालन भएको मेला वैशाख ३१ गतेसम्म चल्नेछ ।
    धार्मिक, पर्यटकीय क्षेत्र रेसुङ्गा र भारतको अयोध्या बिचको सम्बन्ध प्रगाढ गर्ने र स्वदेशी तथा बिदेशी पर्यटक धेरै भित्र्याउने उदेश्यले मेला आयोजना गरिएको हो । मेलामा अयोध्याबाट योगी शम्भुनाथजी महाराज लगायतको टोलीले कथा वाचन गरेका छन् ।
    अयोध्याका राजा दशरथलाई सन्तान नभएपछि रेसुङ्गा धाममा तपश्वी श्रृङ्ग ऋषिलाई अयोध्या बोलाएर पुत्रेष्टि महायज्ञ गरेरमा सन्तान हुन्छन् भन्ने राजा दशरथका गुरु ऋषिहरुको सल्लाह अनुसार ऋष्यश्रृङ्गबाट पुत्रेष्टि महायज्ञ गराइएको कथा वेद पुराणहरुमा उल्लेख छ । यज्ञका प्रभावले दशरथका छोरा राम, लक्ष्मण, भरत र शत्रुधन जन्मेको त्रेता युगको कथा पुराणहरुमा उल्लेख छ ।
    यो सम्बन्धलाई अहिले प्रगाढ बनाउने र भारतबाट रेसुङ्गा क्षेत्रमा धेरै पर्यटक भित्र्याउने उदेश्यले मेला आयोजना गरिएको रेसुङ्गा संरक्षण समितिको सह–सचिव यज्ञप्रसाद पन्थीले बताए । रेसुङ्गा धामको ब्यापक प्रचारप्रसार गर्ने धार्मिक आस्था अनुसार यस क्षेत्रको महत्वलाई भारतको अयोध्या, राजस्थान, बनारस हुँदै संसारभर छरिएर रहेका हिन्दु धर्मावलम्बीहरुसम्म पुर्याउने उदेश्य राखिएको पन्थीको भनाई छ ।
    मेलाई व्यवस्थित गर्न २५ वटा उपसमिति बनाएर काम गरिरहेका छन् । मेलामा बिभिन्न स्थानबाट आउने भक्तजनहरुलाई निःशुल्क खानाको व्यवस्था मिलाइएको छ ।
    तम्घास बजारबाट रेसुङ्गा पोखरीसम्म पुग्न निःशुल्क बसको व्यवस्था रहेको छ । पोखरीबाट रेसुङ्गा क्षेत्रमा पुग्न १५ मिनेट पैदल यात्रा गर्नु पर्छ ।
    पैदल मार्गमा आकर्षक सिँडी निर्माण गरिएको छ । जसले गर्दा पैदल यात्रा गर्न रमाइलो सहज छ । धार्मिक मेलामा बिभिन्न ठाउँबाट श्रदालु भक्तजनको उपस्थिति रहने गरेको छ ।
    रेसुङ्गा क्षेत्रमा गुरुकुल शिक्षा राख्ने गरि काम अगाडी बढाईने भएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए । सिद्धभूमि,तपोभूमि महर्षी भूमि जहाँ धेरै ऋषि महर्षिहरुले तपस्या प्राप्त गरेको इतिहास हाम्रो माझ रहि आएको छ ।
    ऋषि श्रृंङ्गेश्वर,यदुकानन्द, रामचन्द्र जस्ता धेरै ऋृषि महर्षिहरुको तपस्या स्थल रेसुङ्गाको महत्व धेरै वेदपुराणहरुमा समेत उल्लेख छ । द्वापरयुग देखि नै सिद्ध स्थल बनेको रेसुङ्गा बिभिन्न काल खण्डहरु पार गर्दै अहिले सुन्दर,पुण्य भूमि बनेको छ ।
    यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेका छन् । यहाँ विद्यार्थीहरुको लागि शैक्षिक भ्रमण,होमस्टे र ग्रामीण पर्यटनको राम्रो सम्भावना रहेको छ ।
    अहिले रेसुङ्गा क्षेत्रभित्र पूर्वाधार विकास, प्राचीन, ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्तिवक महत्वका वस्तु र स्थानहरुको संरक्षण, सम्बद्र्धन र प्रचार–प्रसारको काम भइरहेको छ । रेसुङ्गामा द्वापर युग, त्रेतायुगदेखि नै यसको महत्व रहेको बिभिन्न धर्मग्रन्थहरुमा उल्लेख पनि रहिआएको छ ।
    समुन्द्री सतहबाट २ हजार ३ सय ४० मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक,ऐतिहासिक, पर्यटकिय तपोभूमी मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र मानिन्छ । रेसुङ्गाको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला लगायत दृश्याबलोकन गर्न सकिन्छ ।
    रेसुङ्गा शिखर उच्च क्षेत्र हुनाले यहाँको हावापानी शीतल छ । हिउँदमा उच्च भागतिर यदाकदा हिउँ पर्छ।
    गर्मी याममा यहाँको वातावरण मनोरम र अनुकुल हुन्छ। यो क्षेत्र शान्त, एकान्त, शीतल र मनोरम छ ।
    गुल्मी जिल्लाको प्रमुख नगर तम्घास रेसुङ्गाकै काखमा बसेको छ । रेसुङ्गा क्षेत्रमा प्राकृतिक, धार्मिक, ऐतिहासिक, पौराणिक विशेषताहरूले विशिष्ट छ ।
    रेसुङ्गा क्षेत्र भन्नले यहाँको सबै वनक्षेत्र, आश्रम, धर्मक्षेत्र, मठमन्दिर, पँधेरा, कुण्ड, पोखरी, पाटीपौवा, यज्ञशाला एवम् भग्नावशेषहरू बुझिन्छन् । यस क्षेत्रमा २५८ प्रजातिका चराहरूको साथै चितुवा, मृग, घोरल, खरायो आदि जनावरहरू पाइन्छन् ।
    रेसुङ्गाको महत्व के छ ?
    रेसुङ्गाको सम्बन्ध ऋष्यशृङ्गसित छ ऋष्यशृङ्बाट अपभ्रंश भई रेसुङ्गा बनेको कुरामा अन्वेषक, विद्वान र ज्ञानीजनहरू एकमत छन् ।रेसुङ्गा सत्य युगदेखि तपोभूमि रहँदै आएको छ । यो प्राचीन तपोभूमि हो । सत्य युगको प्रारम्भमा यहाँ कश्यप ऋषिले तपस्या गरेका थिए । कश्यप ऋषिको तपस्याबाट प्रसन्न भई भगवान, विष्णु कश्यपपत्नी अदितिका पुत्ररूपमा प्रकट भई वामन अवतार लिएका थिए भन्ने कुरा बाल्मीकि रामायणमा छ । त्यसबेला देखि नै यो पर्वत सिद्धाश्रमको रूपमा प्रख्यात छ र यसमा साक्षात् शिव सिद्धको रूपमा रहेका छन् । रेसुङ्गाको चुचुरामा रहेका सिद्धको स्थानले आज पनि यो कुराको पुष्टि गर्छ । सत्य युगमै यस पर्वतमा भृग पुलह, पुलस्त्य आदि महर्षिहरूले तपस्या गरेको कुरा प्राचीन ग्रन्थहरूमा पाइन्छ ।
    रेसुङ्गामा त्रेता युगमा महर्षि ऋष्यशृङ्ग आई बसेका थिए। ऋष्यशृङ्ग महान् प्रभावशाली तपस्वी र सर्वश्रेष्ठ ऋत्विज् थिए । उनी ब्रह्माजीको सभाका सभासद् थिए। मुनिकुमार ऋष्यशृङ्ग कोशी किनारबाट करारी रेसुङ्गामा आए भन्ने रोचक आख्यान महाभारत र वाल्मीकीय रामायणमा रहेको छ । त्रेता युगमा कोशी किनारमा विभाण्डक मुनि तपस्या गर्थे । उनका छोरा ऋष्यशृङ्ग ब्रह्मचारी थिए । उनी अपरिमित तेजस्वी, विद्वान् र प्रभावशाली थिए । वनमा बस्ने उनी तपस्या र स्वाध्यायमें लीन थिए । उनी पूर्ण युवा थिए तर उनले आफ्ना पिता विभाण्डकबाहेक कुनै नारी वा पुरूष देखेकै थिएनन् । त्यसै समयमा अंगदेशमा ठूलो खडेरी पर्नाले हाहाकार मच्चियो अंगदेशका राजा रोमपाद थिए । रोमपादले ठूला विद्वान ज्ञानी ज्योतिषिहरू मेला गरेर के उपायले वर्षा होला भनेर सोधे । विद्वान्हरूले विभाण्डकपुत्र ऋष्यशृङ्गलाई राज्यमा प्रवेश गराएमा सुवृष्टि हुनेछ भने । तर ऋष्यशृङ्गलाई ल्याउने कसरी । अनेक फलफूल र मिष्ठानहरू बोकेर सुन्दरीहरू ऋष्यशृङ्गलाई फकाएर ल्याउन पठाइए । अनेक उपायबाट सुन्दरीहरूले ऋष्यशृङ्खलाई अंगदेशमा ल्याए । ऋष्यशृङ्गले कुच्नासाथ अङ्गदेशमा वर्षा भयो । ऋष्यशृङ्गको प्रभावबाट प्रभावित राजा रोमपादले आफ्नी धर्मपुत्री शान्ताको मुनिकुमार ऋष्यशृङ्गसँग विवाह गरिदिए । ऋष्यशृको विवाह भएको थाहा पाएर उनका पिता विभाण्डक अंगदेशमा आए । उनले वरवधूलाई आशीर्वाद दिदै सन्तान प्राप्तिपछि मात्र कोशी किनारको आश्रममा फर्कनू भन्ने आदेश दएर कतै हिडे । ऋष्यशृङ्ग शान्तासँगै अंगदेशमा बसे । उता अयोध्याका राजा दशरथका पुत्र नभएर पुत्रेष्टि यज्ञ गराउने आचार्यको खोजी हुँदै थियो । दशरथको राजसभाबाट अनेक यज्ञसहित पुत्रष्टि यज्ञ सम्पन्न गराउन सक्ने आचार्य एकमात्र ऋष्यशृङ्ग हुन सक्छन् भन्ने निर्णय भयो । राजा दशरथ रानीसहित अंगदेश पुगेर ऋष्यशृङ्गलाई पुत्रेष्टि महायज्ञको प्रमुख आचार्य बन्न अनुरोध गरे । ऋष्यशृङ्गको प्रमुख आचार्यत्वमा सरयूको उत्तरी किनारमा यज्ञ मण्डप बनाइयो । त्यहाँ अग्निस्टोम, अतिरात्र, ज्योतिस्टोम, आयुस्टोम, अभिजित् विश्वजित् आप्तोर्याम, उक्थसहित अश्वमेध यज्ञ सम्पन्न गरिए । अन्तमा पुत्रेष्टि यज्ञ सम्पन्न भयो । यज्ञको अन्तमा हवनकुण्डबाट हातमा सुनको थालमा खीर लिएर लिव्य पुरुष प्रकट भए । त्यही दिव्य दीर खाएर राजा दशरथका तीन रानीहरूबाट राम, लक्ष्मण, भरत र शत्रुघ्न चार पुत्रको जन्म भयो । दशरथको मनोरथ पूरा भएपछि ऋष्यशृङ्ग त्यहाँबाट हिडे । कोशी किनारको आश्रममा जान पितृ आज्ञा थिएन तसर्थ अयोध्याबाट उत्तरपूर्व हुँदै एकान्त खोज्दै रेसुङ्गामा आए । तत्पश्चात् महर्षि ऋष्यशृङ्ग रेसुङ्गामै बसेर तपस्या गरे । पछि ऋष्यशृङ्को महत्व बुझेर ऋषि भेट्न राम–लक्ष्मण रेसुङ्गामा आएको, रामले बाण हानेर रामकुवाको निर्माण गरेको लक्ष्मणले बाण हानेर तम्घासको चारीखोलामा पानी निकालेको भन्ने किंवदन्तीमा आएको छ । रेसामा शृङ्गको कुटी सानो रेसुङ्गामा थियो। त्यहाँ अहिले महर्षि ऋष्यशृङ्गलाई नाहरू बन्दैछन् । महान् प्रभावशाली अद्वितीय ऋत्विज महा ऋष्यशृङ्गको आश्रमस्थल भएकोले रेसुङ्गालाई पवित्र तपोभूमि र तीर्थस्थलको रूपमा सर्वसाधारणले पपनि मान्दै आएका छन् ।
    समुन्द्रमन्थनपछि भगवान् विष्णुले मोहिनी अवतार लिएर देवताहरूलाई अमृत बाँड्दै थिए । अमृत बाँड्दै गर्दा दैत्यहरूले खालान् भनेर गरुडले अमृतको घडा लिएर उडे त्यसरी उड्दा घडा छचल्किएर अमृतका बुँदपृथ्वीमा खसे। ती बृदहरू यही रेसुद्धामा परे अमृतका बुँदहरू खसेको भूमि भएकाले यो भूमी देवप्रिय भयो । यहाँ देवताहरू आएर बसे । अमृतले सिञ्चेको भूमि भएकोले यहाँ गरेका साधना, तपस्या सिद्ध हुन थाले । यहाँ भगवान् विष्णुका वाहन गरुडको निवास भयो। यही प्रतीकको रूपमा यहाँ गरूडस्थान बनेको छ ।
    रेसुङ्गाको ऐतिहासिकताः
    रेसुङ्गा ऐतिहासिक महत्वको ठाउँ हो। यहाँ स्वामी शशिघरले ठूलो तपस्या र साधना गरेका थिए अर्घाखाँचीको अर्घामा जन्मेका शशिधर स्वामी मरासिनी थरका थिए । यिनका पिताको नाम दिशै शर्मा थियो । यिनको जन्म विसं १८०४ मा भएको थियो । यिनको निधन योगक्रियाबाट वि.स. १९०६ मा रेसुङ्गामा भयो । भनिन्छ, शशिधर स्वामीले मथुरामा गएर श्रीकृष्णको साक्षात् दर्शन पाएका थिए । देवर्षि नारद आफै प्रकट भएर यिनलाई तत्वज्ञानको उपदेश दिएका थिए । बागलुङ्का तत्कालीन विद्वान् कवि वीरशाली पन्त शशिधरबाट प्रभावित भई उनका भक्त बनेका थिए । शशिधर स्वामी एकपटक काठमाण्डौ गई तत्कालीन नेपालका महाराज श्री ५ रणबहादुर शाह र उनका भारदारहरूलाई एकैपल्ट अलगअलग ठाउँमा भिन्न रूपमा दर्शन दिएका थिए । रणबहादुर शाह प्रभावित भएर शशिधर स्वामीका चेला बनेका थिए ।
    शशिधर स्वामी जोसमनि सन्त परम्पराका प्रवर्तक थिए। उनी वेदान्त र हठयोगका प्रकाण्ड पण्डित थिए । शशिधर स्वामी बाल्यकालमै अध्ययनार्थ उडिसाको जगन्नाथ पुरी पुगेका थिए । त्यहाँ उनले संस्कृत भाषा र धर्मशास्त्रको अध्ययन गरेका थिए। त्यहीबाट उनी गुजरात प्रान्तको गिरिनरमा गएर भुरेबाबा भनिने ज्योति मुनि दास भन्ने योगीसँग दीक्षा दिई वेदान्त र हठयोग अध्ययन र साधना गरे । भुरे बाबा वैष्णव मतअन्तरर्गत रूद्र सम्प्रदायको विष्णु स्वामी शाखका स्वामी थिए । ज्यातिमुनि दासबाट दीक्षित भएपछि शशिधरको नाम शशिघरमुनि दास भएको बुझिन्छ । शशिधरमुनि दास पछि पौडी गढवालमा पुगी त्यही मठ स्थापना गरी मुनि सम्प्रदाय भनिने वैष्णव सम्प्रदाय चलाएर बसे । अहिले प्रचलित शशिधर स्वामीको दाह्रीकपालयुक्त चित्र त्यही प्राप्त भएको हो । अहिले पनि पौडी गढवाल क्योंकालेश्वर मठका महन्त योगीहरू आफ्ना आदि गुरू शशिधर मुनि दास गएको र उनको जन्म नेपालको अर्खाखाँची अर्घामा भएको सगौरव सम्झन्छन् । शशिधर पौढी गढवालबाट विवाह गरेर गृहस्थ भएका थिए । गृहस्थ भएपछि उनी गढवाल फर्केनन्, विरक्त भई रेसुङ्गातिर लागे मा आएपछि उनी कर्मकाण्डबाट मुक्त भई निर्गुण, भजन, तत्वज्ञान र योगाभ्यासमा लीन भए ।
    खुट्टाका अर्का तपस्वी महाप्रभु लक्ष्मीनारायण हुन्। उनी योगी शशिधर स्वामीका पुत्र थिए र आबाल ब्रह्मचारी रहे । भनिन्छ लक्ष्मीनारायण चमत्कारिक अलौकिक शक्तिसम्पन्न महापुरूष थिए । एक दिन महाप्रभुको अलौकिक शक्तिबारे सुनेका तत्कालीन नेपालका सर्वेसर्वा श्री ३ जंगबहादुर राणाले प्रभुको परीक्षा गर्ने विचार गरेछन् । भांग्राको गादो मिरी हातमा दहीको ठेकी बोकेर प्रभुकहाँ पुगेछन् । प्रभुले क्या हो जंगे मलाई छक्याउन खोजिस् क्या हो ? भनेछन् । जंगबहादुर विनम्र भई प्रभुको गोडामा १०८ असर्फी राखी ढोगेछन् प्रभुले जुरूक्क उठेर खको रुखको हाँगा हल्लाएछन् । हल्लाउँदा असंख्य असर्फी हाँगाबाट झरेछन् । प्रभुले लौ लैजा मेरा असर्फी भनेछन् पछि जंगबहादुरले विनम्र भई म प्रभुको के सेवा गरुँ भन्दा प्रभुले रेसुङ्गालाई गौबिर्ता बनाइदिन भनेछन् जंगेले पछि प्रभुको इच्छा पूरा गरिदिए । महाप्रभु लक्ष्मीनारायणको देहावसान वि.स. १९३९ मा सावनी आश्रममा भयो । लक्ष्मीनारायणको शास्त्रकुसुमामृतम् दार्शनिक कृति प्रकाशित छ । लक्ष्मीनारायण महाप्रभु आफ्ना पिता झैं जोसमनि सम्प्रदायमा दीक्षित थिएनन् बाहिर समाजसेवी र कर्मयोगीका रूपमा रहे पनि भित्र उनी दार्शनिक र तत्ववेत्ता थिए । महाप्रभु सायणपछि शशिधरका कान्छा भाइ बुद्धिघरका छोरा छविलाल र छविलालका छोरा ठाकुरप्रसादले म तपस्या गरे । ठाकुरप्रसादले रेसुङ्गाको तल तम्घास पट्टी मैरा भन्ने ठाउँमा कुटी र बगैचा बनाई तपस्या बनाएको विष्णुपादुकाको अहिले जीर्णोद्धार गरिएको छ । ठाकुरप्रसादपछि रेसुङ्गामा तपस्या गर्ने सनी के योगी कमलापति थिए । कमलापतिको अवसानपछि रेसुङ्गालाई ब्युँझाउने र त्यहाँ धार्मिक पुनरूत्थान गर्ने प्रभु यदुकानन्द हुन् । वि.सं. १९५० मा काठमाडौ कालीमाटीमा जन्मेका यदुकानन्द रिजाल थरका थिए। प्रारम्भमा रेसुङ्गा आई खर्सको टोड्कामा बसेका यदुकानन्दले तत्कालीन श्री ३ जुद्धशमशेरलाई प्रभावित पारी रेसुङ्गामा ठूल्ठूला राजसी यज्ञहरू गरेका थिए । प्रभु यदुकानन्दको समयमा रेसुङ्गा दोस्रो सिंहदरबार ॐ थियो । दैनिक सयौ ब्राह्मणद्वारा वेदपाठ, हवन, पुराणवाचन र मान्छेको आवागमनले रेसुङ्गा जागेको थियो । रेसुङ्गाको इतिहासमा प्रभु यदुकानन्द अविस्मरणीय रहनेछन् । प्रभु यदुकानन्दपछि रेसुङ्गा केही समय प्रभावहीन र शून्यप्रायः रह्यो । रेसुङ्गाको आध्यात्मिक, पौराणिक र ऐतिहासिक महत्व बुझेका यस युगका महर्षिकल्प योगी नरहरिनाथले २०४२ सालमा कोटिहोम महायज्ञ सम्पन्न गरेपछि रेसुङ्गामा फेरि आध्यात्मिक पुनर्जागरण आयो । यज्ञशाला, गोशाला, वेदशाला पुनः जागृता । रेसुङ्गा संरक्षण समितिको गठन भयो । जुन समिति आजतक रेसुङ्गामा धर्मरक्षा, गौरक्षा, प्रकृतिरक्षामा प्रणाशाष्ट छ । सरकारी तहमा गठित रूरू–रेसुङ्गा पर्यटन तथा विकास समितिले पनि रेसुङ्गाको विकास र  अनुसन्धानमा टेवा दिएको थियो।

    Advertisement

    बुधबार, बैशाख २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गौमुखी भ्रमण वर्ष २०८२ घोषणा, एक लाख पर्यटक भित्र्याउने लक्ष्य
    बजेटमा स्वर्गद्वारी, नौमुरे र रणनीतिक सडक समेटिए
    विश्वप्रकाश शर्माको प्रधानमन्त्रीलाई दोस्रो पत्र: “बजेटमा हिमाल देखियोस्”
    हराउँदै गएका प्युठानका ‘कोट’हरू: सत्ताबाट सम्पदासम्मको यात्रा
    नागनगेनीभीर छिचोलेर वस्तीमा सडक
    सत्ता समीकरणले माओवादीलाई घाटा पुगेको प्रचण्डको स्वीकारोक्ति

    लोकप्रिय

    • १.
      प्युठानको सर्वोच्च शिर : कोठिभिर

    • २.
      प्युठानका पुन राष्ट्रिय युवा संघको केन्द्रीय

    • ३.
      इच्छुक क्रान्तिकारी नेताका रूपमा पनि स्मरणीय :

    • ४.
      प्युठानमा नियुक्त र बढुवा भएका शिक्षक सम्मानित

    • ५.
      प्यूठानमा गोराथोकी नेतृत्वमा अनेरास्ववियु (छैठौं) को नयाँ

    • ६.
      हराउँदै गएका प्युठानका ‘कोट’हरू: सत्ताबाट सम्पदासम्मको यात्रा

    भर्खरै

    • १.
      मध्यपुरमा धिमे तालिम सम्पन्न, ५३ जना युवा प्रशिक्षित

    • २.
      किसानलाई सहुलियतमा धानको बीउ

    • ३.
      गुल्मीमा विश्व सुर्तीजन्य पदार्थ रहित दिवसमा सचेतना कार्यक्रम

    • ४.
      गौमुखी भ्रमण वर्ष २०८२ घोषणा, एक लाख पर्यटक भित्र्याउने लक्ष्य

    • ५.
      राप्तीमा ६२६ जनाको क्षयरोग परीक्षण, १७ मा पुष्टि

    • ६.
      बजेटमा स्वर्गद्वारी, नौमुरे र रणनीतिक सडक समेटिए

    • ७.
      गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र लुम्बिनीमा अब्बल

    • ८.
      गणतन्त्र दिवसमै जनकपुरधामबाट ‘संघीय गणतान्त्रिक गठबन्धन’को घोषणा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...