विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले सञ्चालन गर्ने आयोजनाहरुले उत्पादकत्व वृद्धि गरी गरीवी निवारण र आयत प्रतिस्थापन गर्न जोड दिनुपर्ने बताउनु भएको छ । पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाले मङ्गलबार विराटनगरमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।
मुख्यमन्त्री कार्कीले पहाडी क्षेत्रको बढ्दो बसाइँ सराईलाई रोक्न पनि आयोजना सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले विगतमा धेरै आयोजनाहरु सञ्चालन भएपनि तिनले प्रभावकारी काम गर्न नसकेको चर्चा गर्दै ‘पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना’ले आयोजना क्षेत्रका किसानको जीवनमा परिवर्तन ल्याउनेगरी काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले आयोजना सफल पार्न निजी क्षेत्रलाई पनि सँगसँगै लैजानुपर्ने सुझाव दिदै सरकारी क्षेत्रको मात्र सहयोगमा आयोजना सफल हुन नसक्ने दाबी गर्नुभयो। आयोजनाले काम गर्दै जाँदा बजारीकरण लगायतका अनेक समस्या आउने भएकाले ती समस्याको समाधान गर्न निजी क्षेत्र अपरिहार्य भएको मुख्यमन्त्री कार्कीको भनाई छ । पहाडी क्षेत्रका विभिन्न ३४ जिल्लालाई कार्य क्षेत्र बनाएर सञ्चालनमा आएको उक्त आयोजनाले स्याउ, एभोकार्ड लगायतका फलफूल उत्पादनमा लगानी गर्दै आएको छ ।
आयोजनाहरुले गरीवी निवारणमा ध्यान दिनु पर्दछ : मुख्यमन्त्री कार्की
आयोजनाहरुले गरीवी निवारणमा ध्यान दिनु पर्दछ : मुख्यमन्त्री कार्की

Advertisement
तपाईको प्रतिक्रिया