टेकबहादुर पुन,दाङ । लमही नगरपालिका वडा नम्बर ७ स्थित कर्रि सामुदायिक बन उपभोक्ता समितीको अध्यक्षमा किशोर कुमार घर्ती मगर निर्बिरोध निर्बाचित भएका छन ।
उनि चौथौ कार्यकालका लागि पुन:अध्यक्षमा सर्बसहमती बाट चुनिएका हुन । उनिसँगै उपाध्यक्षमा देवा वाली, सचिब छोटकनिया चौधरी, कोषाध्यक्ष हरिराम चौधरी, सहसचिब पबित्रा घर्ती, सदस्यहरुमा जिवे कामी, दिलकुमारी पुन मगर, बासुदेबी चौधरी, धनबहादुर पुन मगर, उर्मिला चौधरी र मन्साराम यादब चयन भएका छन ।
त्यस्तै समितीको सल्लहाकार हरु रणबहादुर घर्ती मगर, अनन्तराम चौधरी र खोजीराम चौधरीलाई चयन गरिएको छ ।
बिहिबार सम्पन्न समितीको २२ औँ साधारण सभाले कार्यसमिती चयन गरेको हो ।
किशोर कुमार घर्ती मगरको अध्यक्षतामा तथा लमही वडा नम्बर ७ का जनप्रतिनिधी कुलबहादुर बुढा मगरको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने बक्ताले मानबको स्वास्थ्य सँग जोडिएका बन बतावरणको संरक्षणमा सबै लाग्नुपर्ने बताए । कार्यक्रममा लमही सब डिभिजनका प्रतिनिधि टोप बहादुर वली, पुर्ब कोषाध्यक्ष शिबराज गिरी, सदस्य जिबे कामी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा सचिब हरिराम चौधरीले बार्षिक प्रगती प्रतिबेदन र कोषाध्यक्ष छोट्कनिया चौधरीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।