दाङ। गुरुकुल एकेडेमिका बिद्यार्थिहरु राष्ट्रिय सेवा दल (एनसिसि)को तालिम सकेर गृह जिल्ला फर्किएका छन । गत मंसिरबाट आफ्नै बिद्यायलयमा ३५ दिन तालिम गरेका बिद्यार्थिहरुले नेपाल सरकार र नेपाली सेनाको आयोजनामा भएको १५ दिने तालिममा भाग लिन बाँके जिल्ला गएका थिए। नेपाल भरीबाट सहभागी हुने उक्त तालिममा गुरुकुल एकेडेमि पनि छनोटमा परेको थियो । एनसिसि तालिम अन्तर्गत दोस्रो पटक भाग लिएको गुरुकुलले एसपटक उत्कृष्ट नृत्य अर्वाड हात पारेको छ । देश भरीबाट छनोट भएका बिद्यालयले १८ जना छात्र तथा १८ जना छात्रा गरी जम्मा ३६ जनाको बिद्यार्थि टिमलाई तालिममा सहभागि गराउछ । जस अन्तर्गत दाङ जिल्लाबाट गुरुकुल एकेडेमि मात्र छनोटमा परेको र ३६ जना बिद्यार्थिलाई तालिममा सामेल गर्न सफल भएको गुरुकुल एकेडेमिका सहायक प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो । नेपाल सरकारले एनसिसि तालिममा सामेल हुने बिद्यार्थिको लागि आबश्यक आर्थिक ब्यबस्था गर्ने गर्दछ भने नेपाली सेनाले तालिम दिने गर्दछ । यसको मुख्य उद्धेश्य भनेको अहिलेका युवाहरुलाई नेतृत्व बिकास गराउने , आत्मरक्षाका लागि तयारी गराउने , आफ्नो देशलाई माया गर्न सिकाउने ,अनुसासन सिकाउने , कलाको बिकास गर्न सिकाउने लगाएतका कुराहरु रहेका छन । उद्धेश्य अनुरुप तालिममा भाग लिएका गुरुकुल एकेडेमिका बिद्यार्थिहरुले उत्कृष्ट नृत्य प्रस्तुत गर्दै अर्वाड हात पार्न सफल भएका हुन । आज तालिमको १५ औ दिन अर्थात अन्तिम दिन अर्वाड सेरेमोनि कार्यक्रमको आयोजना गरी उत्कृष्ट नृत्य अवार्ड पाएको गुरुकुल एकेडेमिलाई ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरीएको हो । तालिम सकिय लगतै बिद्यार्थि गृहजिल्ला फर्किएका छन । एनसिसिको प्राबधान अनुसार एकपटक छनोटमा परी राम्रो प्रस्तुति दिन सकेको खण्डमा लगातार ३ बर्ष तालिममा सहभागि हुन पाउने हो । सोहि अनुरुप गुरुकुल दोस्रो बर्ष तालिममा सहभागि भएको छ । गत बर्षको तालिममा उत्कृष्ट प्रर्दशन गरी यो बर्ष तालिममा सहभागि भएको थियो र अहिले पनि अवार्ड हात पारेको हुदा अर्को बर्ष पनि तालिममा सहभागि हुन पाउने छ । गुरुकुल एकेडेमिले बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रममा सहभागि जनाउदै आएको छ । यस्ता कार्यक्रमहरुमा भाग लिएपछि केहि न केहि अवार्ड हात पार्ने गुरुकुलले केहि दिन आगाडि प्याव्सन दाङको आयोजनामा भएको हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको थियो । ब्यबहारीक शिक्षा मात्र नभएर प्रयोगात्मक शिक्षा प्रदान गर्न बिद्यालयले बिद्यार्थिहरुका लागि प्रत्येक बर्ष कक्षा ९ लाई ८ दिने क्लोज क्याम्पको आयोजना पनि गर्ने गर्दछ । जसबाट बिद्यार्थिले प्रतक्ष्य रुपमा गाँउघरमा हुने कृयाकलापको अनुभव गर्ने र सिक्ने मौका प्राप्त गर्दछन । प्लस २ अन्तर्गत बिज्ञान संकायका बिद्यार्थिहरुका लागि बोटानिकल भ्रमण गराइन्छ भने ब्यबस्थापन संकायका बिद्यार्थिहरुका लागि औद्योगिक भ्रमण गराइने सहायक प्रधानाध्यापक गिरीले बताउनुभयो । जिल्लामा यस्ता कृयाकलापमा सहभागि गराउदै शिक्षा प्रदान गर्ने एकमात्र बिद्यालय हो गुरुकु एकेडेमि । जसको प्रभावले गर्दा बिद्यार्थि तथा अभिभावकको अत्यधिक रोजाइमा पर्ने गरेको छ ।
एनसिसि तालिम सकेर फर्किए गुरुकुलका विद्यार्थी
एनसिसि तालिम सकेर फर्किए गुरुकुलका विद्यार्थी

Advertisement
तपाईको प्रतिक्रिया