सनिउल्ला धोबी,कपिलवस्तु। कपिलवस्तुकोे कृष्णनगर नगरपालिका ७ स्थित माध्यमिक बिद्यालय अजिगराका प्रधानाध्यपक राधेकृष्ण शार्मा माथि कुटपिट भएको छ । विहान विद्यालय आउदाँ विद्यालयका पुर्व प्रधनाध्यपक परिपूर्णानन्द मिश्रको कान्छो भाई अन्नपुर्ण मिश्राले प्रधानाध्यपक शर्मा माथि कुटपिट गरेको प्रहरी चौकी कर्माले जनाएको छ ।
कृष्णनगर नगरपालिकाले राहत शिक्षक परिपूर्णानन्द मिश्रलाई प्रधानाध्यकको जिम्मेवारीबाट हटाएको थियो । नगरपालिकाले केही दिन पहिले माध्यमिक बिद्यालय अजिगराको प्रधानाध्यपक पदको जिम्मेवारी राधेकृष्ण शर्मालाई दिएको थियो ।
माध्यमिक विद्यालय स्थायी शिक्षकको रुपमा कार्यरत शर्मालाई नगरपालिकाले प्रधानाध्यपकको रुपमा कामकाज गर्न निर्देशन दिएको छ । नव नियुक्त प्रधनाध्यपक राधेकृष्ण शर्मा विद्यालय प्रवेशमा रोक लगाउने नियतले कुटपिट तथा हातपात गरेको स्थानिय कमलेश गुप्ताले जानकारी दिनुभयो ।
प्रधनाध्यपक शर्माले आफुमाथि हातपात गर्ने परिपूर्णानन्द मिश्रको कान्छो भाई अन्नपुर्ण मिश्रालाई कडा भन्दा कडा कार्वाहीको माग गर्नु भयो ।
इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेयका अनुसार कृटपिट गर्ने विरुद्ध जाहेरी आए पछि उचित छानविन गर्ने बताउनुभयो । विहान घटना थाहा पाउने वित्तिक्कै प्रहरी टोली अजिगरा पठाएको र घटना बार अनुसान्धान जारी राखेको प्रहरी निरिक्षक पाण्डेयले जानकारी दिनुभयो ।
प्रधानाध्यपक शर्मा माथि कुटपिट
प्रधानाध्यपक शर्मा माथि कुटपिट

Advertisement
तपाईको प्रतिक्रिया