प्यार अलि खान, प्युठान । टिकटकको माध्यमबाट सामाजिक सेवा गर्दै आईरहेको नेपाली हर्ट ग्रुपको नयाँ अध्यक्षमा प्यूठानका डिल्लीराज पराजुली चयन भएका छन्।
रुपन्देहीको बुटवलमा सम्पन्न ग्रुपको प्रथम अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष सम्भु लम्साल (चितवन) उपाध्यक्ष गोविन्द थापा (काठमाण्डौ) महासचिव एलबि थापा (प्यूठान) सचिव प्रसना पौडेल (कास्की) कोषाध्यक्ष रश्मी आले (काठमाडौं) रहेका छन्।
कार्यसमिति सदस्यहरुमा तिला भुसाल (दाङ) अविरल थापा (प्यूठान) पिताम्बर पोख्रेल (पाल्पा) नन्दकला पाण्डे (काठमाडौं) अर्जुन भट्टराई (काठमाडौं) रामबाबु गुरुङ (उदयपुर कटारी)
अमृत विक्रम शाही (दैलेख) सुगम रिजाल (प्यूठान) पदम प्रसाद खनाल (प्यूठान) रहेका छन्। नेपाली हर्ट ग्रुपले गरीब, असाय बालबालिका, दीनदुःखीहरुको पक्षमा सामाजिक सेवा गर्दै आईरहेको नवनिर्वाचित अध्यक्ष पराजुलीले जानकारी दिए। ‘हाम्रो कार्यक्षेत्र सिंगो नेपाल हो।’ पराजुलीले भने, ‘सामाजिक सेवा हाम्रो मुख्य अभियान हो।’
