युनिक स्वयंमसेबक नेपालद्धारा मृगौला पीडितलाई आर्थिक सहयोग

कपिलवस्तु। कपिलबस्तुको शिवराज नगरपालिका वार्ड नं. १ का मृगौला पिडित नारायण थारुलाई आर्थिक सहायता प्रदान गरिएको छ ।
युनिक स्वयंमसेबक नेपाल केन्द्रीय कार्यलय धरानले संचालन गरेको मृगौला पिडित नारायण थारु बचाउ अभियानमा संकलित रकम मंगलवार पिडितका बुबा मङ्गलुराम थारुलाई दुई लाख ५२ हजार ७ सय ४० रुपैया हस्तान्तरण गरिएको स्वयंमसेवक नेपालका अध्यक्ष एजिला बस्नेतले जानकारी दिनु भयो ।२२ वर्षिय थारुको अहिले सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर रुपन्देहि बुटवलमा उपचाररत हुनुहुन्छ। पिडितका बुबाथारुले छोराकोे स्वस्थ्य अबस्थाको बारेमा जानकारी गराउँदै सहयोगी सबैलाई धन्याबाद दिनुभयो। आफनो छोराले पुनर्जन्म पाउने आस गर्दै थप सहयोगको अपिल समेत गर्नु भएको थियो ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...