जनकराज भट्टराई, पाल्पा। रिब्दीकोट गाउँपालिकाको आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले एघारौं गाउँसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो। कार्कीले गाउँपालिकाको आन्तरिक आय, अन्तर सरकार वित्त हस्तान्तरण, राजश्व बाँडफाँडलाई यथार्थ बिष्लेषण गर्ने गरि नीति तथा कार्यक्रम तय गरिएको बताउनुभयो ।
नीति तथा कार्यक्रममा गाउँपालिकाको एकिकृत कृषी तथा पशु विकासको रणनिती बनाई कार्यान्वयन गर्न बिज्ञ सहितको संयन्त्र निर्माण गर्ने, किसान सुचिकरणको बाँकी काम पुरा गरि परिचय पत्रको व्यवस्था मिलाउने, एक वडा एक प्राविधिक सेवा कार्यक्रम सञ्चालन गर्ने, एक वडा एक नमुना उत्पादन लगाएतका कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।
त्यस्तै पुर्वाधार विकासमा सार्वजनिक निजी साझेदारीको नीति अवलम्बन गर्ने, खस्यौली प्राथमिक केन्द्रलाई १० शैयाको अस्पतालमा परिणत गर्ने, उज्यालो तथा सुरक्षित रिब्दीकोट कार्यक्रमलाई अगाडी बढाई मुख्य सडक क्षेत्रहरुमा सडक बत्ति र सिसि क्यामेराको प्रबन्ध मिलाउने, गाउँपालिका स्तरिय उद्योग बाणिज्य संघ स्थापना गर्ने, मेरो रिब्दीकोट मेरो गर्व मेरो स्वर्ग अभियान सञ्चालन गरि विभिन्न क्रियाकलाप गर्नेलगाएतका विषय नीति तथा कार्यक्रममा समावेश गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पवन अर्यालले जानकारी दिनुभयो ।
नीति तथा कार्यक्रममा एकल महिलाको भर, एक घर एक वित्तिय संस्था खाता, कृषी व्यवसाय सफलताको आधार सबै खेतियोग्य जमिनमा सिँचाई पुर्वाधारलगाएतका कार्यक्रम सञ्चालन गर्ने जनाईएको छ । गाउँपालिकाले कृषी कर्म गर्नेगरि गाउँपालिका भित्र बसाँईसराई आउने नागरिकलाई प्रोत्साहन रकम उपलब्ध गराउने भनिएको छ ।
त्यस्तै, गाउँपालिकामा संकलन गरिने कर तथा राजश्वलाई विद्युतिय प्रणाली मार्फत भुक्तानी गर्न स्मार्ट रिब्दीकोट एप निर्माण गरि प्रयोगमा ल्याईने नीति तथा कार्यक्रममा उल्लेख छ।
रिब्दीकोट गाउँपालिकाको नीति तथा कार्यक्रम बहुमतले पारित
रिब्दीकोट गाउँपालिकाको नीति तथा कार्यक्रम बहुमतले पारित
Advertisement
तपाईको प्रतिक्रिया