कामनाडेली, कोहलपुर। सूर्योदय वोमी लघुबित्त बित्तीय संस्था लिमिटेडको बार्षिक बजेट तथा रणनीति तर्जुमा गोष्ठी कोहलपुरमा सम्पन्न भएको छ ।
संस्थाको कोहलपुर क्षेत्र अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा गोष्ठि सकिएको हो।
गुल्मी,अर्घाखाँची, प्युठान, दाङ रोल्पा बाके बर्दिया कैलाली कंचनपुर सुर्खेत र सल्यान गरि जम्मा १२ जिल्लाका २९ वटा शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कार्यक्रम सकिएको कोहलपुर क्षत्रका क्षत्रीय प्रमुख बिकास आचार्यले जानकारी दिनुभयो ।
उहाले संस्थाको विभिन्न क्षेत्रीय कार्यालयहरुको बार्षिक बजेट तथा रणनीति तर्जुमा गोष्ठी गर्ने योजना अनुसार कोहलपुरमा पनि कार्यक्रम गरिएको बताउनुभयो ।
क्षेत्रीय प्रबन्धक बिकाश आचार्यले सहजीकरण गर्नुभएको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पङ्गेनी, केन्द्रिय कार्यालयका जोखिम ब्यबस्थापन बिभागका प्रमुख घनस्याम भट्टराई ,कार्य संचालन तथा अनुगमन बिभागका प्रमुख केशरिराज निरौला, योजना तालिम तथा सदस्य सुरक्षण बिभाग प्रमुख गोपाल पौडेल लगाएतका लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको समापन सत्रमा वोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत पङ्गेनीले सदस्यहरुको जीवन स्तर उकास्नको लागि विभिन्न उत्पादनमुखि तालिम ,वित्तीय साक्षरता लगाएतका सदस्य मैत्री तालिमहरु संचालन गर्न शाखाप्रमुखहरूलाई सुझाव दिनुभएको थियो ।
काभ्रेको बनेपामा केन्द्रिय कार्यालय रहेको यो संस्थाले बिगत ११ बर्ष देखि निरन्तर बिपन्न वर्गको उत्थानमा काम गर्दै आएको छ।
देशका कुल १९१ शाखा कार्यालय मार्फत एक लाख ८४ हजार सदस्यहरुलाई प्रत्यक्ष सेवा पुर्याउदै आएको यो संस्थाले ९८ हजार ऋणि सदस्यहरुलाई करिब ११ अरब कर्जा लगानी गरेको छ भने चार अरब भन्दा बढी बचत परिचालन गरिएको जनाएको छ ।
७९ करोड १९ लाख ८५ हजार चुक्ता पूंजी रहेको संस्थाको प्रति शेर आम्दानी १७.२७ प्रतिशत छ। संस्थाको मूल्य आम्दानी अनुपात ७७.६५ गुणा प्रती शेयर नेट्वर्थ १६५.५२ प्रती शेयर कुल सम्पतिको मूल्य१५२६.९३
तरलता अनुपात १३.८३ र खराब कर्जा अनुपात जम्मा २.९५ प्रतिशत रहेको छ ।
साबिकको सुर्योदय लघुवित्त र वोमि लघुवित्त गाभीएर नयाँ संस्था सुर्योदय वोमि लघुवित्त बनेपछि गत चैत्र १९ गतेबाट एकीकृत कारोबार सुरु भएको हो । एकीकृत कारोबार पश्चात बनेको यो संस्था नेपालकै उत्कृष्ट संस्थाहरु मध्य एक रहेको संस्था दावी छ ।