गुल्मी । रुरुक्षेत्र गाउँँपालिको आयोजना तथा जिल्ला युवा परिषद गुल्मीको समन्वयमा नमुना युवा गाउँ सभा अभ्यास कार्यक्रम गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले उदघाटन गरेका छन् । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिना गौतम, वडानम्वर–३ का वडाअध्यक्ष शेषनारायण पौडेल, युवा अभियान्ता विष्णु पाण्डे लगायतको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा राष्ट्रिय युवा नीति २०७२ नमुना युवा ससंदको अभ्यास, सुचानाको हक,स्थानीय योजना निर्माणमा युवाको भुमिका जस्ता विषयहरु समेटिएका छन् । कार्यक्रमको अध्यक्षता जिल्ला युवा समिती, गुल्मीका अध्यक्ष शालिक बस्नेतले गर्दै युवा परिषदका काम, नमुना संसदको उद्देश्य, युवाको दायित्व र समाजको अपेक्षा जस्ता बिषयमा राखेका थिए ।
गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले युवाले समाज बुझ्न अल्छी गर्न नहुने बताए । उनले भबिश्य सपार्न आजैबाट लाग्नुपर्ने र नेतृत्व लिन पछि हटन नहुने भन्दै आफू युवा भएकोले सबैको साथ लिएर अघि बढने बताए । कार्यक्रममा ६ वटा वडाबाट तीन, तीन जनाको दरले र अरु पालिका र सामाजिक क्षेत्रबाट एक, एक जना गरि तीस जनाको सहभागिता रहेको छ ।
तीन दिनसम्म चल्ने उक्त कार्यक्रमको प्रशिक्षक सरोज खनाल रहेका छन् । कार्यक्रमको अन्तिम दिन गाउँपालिकाका सबै जनप्रतिनिधि र त्यस क्षेत्रका माननीय सांसदहरू दर्शक दिर्घामा बसेर गाउँसभा र संसद संचालनको अभ्यासको प्रत्यक्ष अबलोकन गर्ने ब्यवस्था रहेको छ ।
रुरुक्षेत्रमा नमुना युवा गाउँ सभा अभ्यास कार्यक्रम शुभारम्भ
रुरुक्षेत्रमा नमुना युवा गाउँ सभा अभ्यास कार्यक्रम शुभारम्भ
Advertisement
तपाईको प्रतिक्रिया