• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ४. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

जनताको भविश्य राप्रपासँगः लिङ्देन


  •   बिहिबार, बैशाख ०८, २०७९ मा प्रकाशित
  • रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताको भविश्यको पार्टी राप्रपा भएको बताएका छन् । बिहीबार राप्रपाले बुटवलमा आयोजना गरेको चुनावी सभामा बोल्दै अध्यक्ष लिङ्देनले देश बचाउने र बनाउने मुद्दामा राप्रपा आफ्नो अडानमा प्रतिवद्व भएको बताए ।

    Advertisement

    देशभन्दा ठूलो र माथि कोही नभएकाले देशलाई बचाउन कांगे्रस,एमाले र माओवादीका विरुद्व राप्रपालाई मत दिने समय आयो, उनले भने – गएको चुनावमा ठिक पार्टी र ठिक नेता चुन्न नसकेकाले देश र जनताले दुर्गती भोग्नुपरेको छ, नेपाली जनताले त्यो विषय प्रष्ट बुझेका छन्, अहिलेको जनलहरले त्यो प्रष्ट पारेको ।

    उनले कांगे्रस, एमाले र माओवादीले पाएसम्म ऋण ल्याएर भत्ता खाएर देश चलाएको आरोप लगाउँदै भने – राजनीतिक दलको विकल्पमा राप्रपा आएको हो,  हुंदा खांदाको राजातन्त्र र हिन्दू राष्ट्र फाल्ने निर्णय गलत भएकाले राप्रपा जनतासंग सही एजेण्डा लिएर चुनावमा मत माग्न आएको छ । कांगे्रस,एमाले र माओवादीका कारण देश असफल राष्ट्रको बाटोतर्फ गएको छ, नेपाली जनताले बुझेका छन् नबुझेकालाई हामीले बुझाउने छौं ।

    संघीयताले देशको ऋण र कर बढेको बताउंदै उनले यति धेरै कर तिरेर जनताले केही नपाएको बताए । राष्ट्रघातीहरुलाई हराउन बाउवाजेको पार्टी राप्रपालाई भोट दिन उनको आग्रह थियो । राप्रपाका केन्द्रीय उपाध्यक्ष धु्रवबहादुर प्रधानले देशको नेतृत्व गर्ने असल नेतृत्व नहुंदा देश र जनताले दुःख पाएको बताए। उनले राष्ट्रवादी शक्ति राप्रपा भएकाले राप्रापाको नेतृत्वलाई विश्वास गर्न आग्रह गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका सल्लाहकार समिति अध्यक्ष निरञ्जन थापाले चुनावमा राप्रपाबाहेक अन्य पार्टीहरुले जनतासंग भोट माग्ने अधिकार नभएको दावी गरे । मुलुकका लागि राजा र राजतन्त्र चाहिने उनको तर्क थियो । कार्यक्रममा राप्रपाका सहायक महामन्त्री ताहिर अली, केन्द्रीय सदस्य रेखा थापा, राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीककुमार उदय, पुनराम पोखरेललगायतले भ्रष्टाचारको अन्त्य, मुलुकको राष्ट्रिय स्वाधीनता र एकताका लागि राप्रपालाई एकपटक अवसर दिनका लागि मत दिन आग्रह गरेका थिए ।

    बुटवलको मेयरमा शेरचन मैदानमा

    राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रमुखमा मृगेन्द्रकुमार शेरचनलाई उठाउने घोषणा गरेको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी जनसभामा लुम्बिनी अध्यक्ष प्रदीप उदयले बिहीबार सञ्चार उद्यमी शेरचनलाई बुटवल उपमहानगरपालिकाको प्रमुख उठाउने सार्वजनिक घोषणा गरेका हुन् ।

    सभामा नेता उदयले तिलोत्तमा नगरपालिकामा युवा नेता तथा व्यवसायी भुवन खनाललाई उठाउने सर्वसम्मत निर्णय गरिएको छ । खनाल भलवारीस्थित होटल हिडन प्यालेसका सञ्चालक हुन् ।

    त्यसैगरी उनले सिद्धार्थनगरमा सागरप्रताप राणा र देवदहको प्रमुखमा व्यवसायी माधव रिमाललाई नगर प्रमुखको उम्मेदवार बनाउने घोषणासमेत गरे ।

    बिहिबार, बैशाख ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा
    ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह
    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार
    ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती
    सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ४.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation