• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

काम सिक्ने हुटहुटीले जन्माएको उद्यम यात्रा


  •   मङ्गलबार, फागुन १७, २०७८ मा प्रकाशित
  • वीरगञ्ज । झाडुकुचो गरेरै भए पनि काम सिक्ने अठोटका साथ २५ वर्षअघि एउटा उद्योगमा कामदारका रूपमा प्रवेश गरेको किशोर आज उद्यमीका रूपमा स्थापित भएका छन् । विसं २०५३ सालमा वीरगञ्जको गोपाल डेरीमा कामदारका रूपमा प्रवेश गरेका रवीन्द्रकुमार सिंहले अहिले आफ्नै डेरी उद्योग चलाइरहेका छन् ।

    Advertisement

    सहोदर दाइको साझेदारी रहेको गोपाल डेरीमा १८ वर्षको उमेरमा कामदारका रूपमा पसेका वीरगञ्जका रवीन्द्र त्यहाँ डेरी उत्पादनको काम सिक्न तल्लीन भए । १ दशकसम्म उत्पादनको अनुभव लिएका उनले सोही उद्योगको काठमाडौं र भक्तपुर शाखा स्थापनामा पनि काम गरे ।

    त्यसपछिका ६ वर्ष वीरगञ्जकै वृन्दावन डेरीमा बिताए । उत्पादनमा काम गर्दा उनले आफ्नो क्षमतामा थप निखारमात्र ल्याएनन्, काठमाडौं, पोखरा, विराटनगर र भारतका विभिन्न शहरमा डेरी उद्योगमा परामर्शदाताको काम गर्ने स्तरमा आफूलाई पुर्‍याए ।

    करीब १ दशक कलश डेरीमा उत्पादन र व्यवस्थापनको जिम्मेवारी सम्हालेका सिंह त्यसको ८ वर्षपछि विराटनगरको शिवम् डेरीमा काम गर्न पुगे । तर, त्यहाँ धेरै समय काम गर्न पाएनन् ।

    स्वास्थ्य समस्याका कारण ३ महीनासम्म काममा जान नसकेपछि काम छोडेका सिंहका लागि त्यो समस्या नै ‘टर्निङ प्वाइन्ट’ बन्न पुग्यो । यति बेलासम्म आफ्नो दक्षतालाई जागीरमा सीमित गरेका सिंहमा आफ्नै उद्यम चलाउने सोच आयो ।

    ‘त्यति बेलाको स्वास्थ समस्या नै मेरा लागि उद्यममा लाग्ने टर्निङ प्वाइन्ट बन्न पुग्यो,’ उनी स्मरण गर्छन् । सिंहले नातेदार अभिषेक कुशवाहलाई साथ लिएर २०७६ सालमा गढीमाई डेरीको स्थापना गरे ।

    गढीमाईले ‘बी नेचुरल’ ब्रान्डमा आफ्ना उत्पादन उपभोक्तामाझ ल्याएको छ । ‘उपभोक्तालाई उत्पादनको ‘नेचुरल’ स्वाद दिने हाम्रो लक्ष्य छ ।

    आइसक्रिमदेखि अन्य अन्य उत्पादनको ‘नेचुरल’ स्वाद दिएर उपभोक्ताको सन्तुष्टिलाई नै उपलब्धि मानेका छौं,’ सिंहको भनाइ छ ।

    गढीमाई डेरीले अहिले वीरगञ्ज (पर्सा), बारा, रौतहट, धनुषा, सिन्धुलीलगायत स्थानमा आफ्ना उत्पादन पुर्‍याइसकेको छ । ती जिल्लाका ४० भन्दा बढी स्थानमा विक्री कक्ष स्थापना गरिसकेको डेरीले ५० भन्दा बढी स्वादमा आइसक्रिम, फ्लेवर मिल्क, दही, लस्सीलगायत उत्पादन बजारमा पुर्‍याएको सिंहले जानकारी दिए ।

    मौसमअनुसारका फलफूलको स्वादका आइसक्रिम र आइसक्रिमकै पकौडाको उत्पादन गर्ने यो डेरीले उपभोक्ताको रुचिलाई ध्यानमा राखेर आफ्ना उत्पादनलाई परिष्कृत गर्दै लैजाने व्यावसायिक रणनीति बनाएको छ । आफ्नो ब्रान्ड देशका सबै मुख्य शहरमा पुर्‍याउने योजना डेरीको छ । हेटौंडा, नारायणगढ, पोखरा, काठमाडौंलगायत शहरमा उत्पादन पुर्‍याउने प्रयास भइरहेको र निकट भविष्यमै यो योजना पूरा हुने विश्वास सिंहको छ ।

    

    मङ्गलबार, फागुन १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation