• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

राप्ती र गढवाले ल्याए ढकियामा बजेट

माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

लोकप्रिय समाचार

  • १. भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग

  • २. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ३. खुट्टाले लेखेर ३.४० जिपिए

  • ४. मन्त्री बनेपछि गृहजिल्ला पुगेका भुसाललाई सम्मानको लहर

  • ५. यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

  • ६. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ७. रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’

  • ८. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ९. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • १०. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

एमसीसी फिर्ता लैजान आग्रह गर्दै मेटमणि चौधरीले लेखे यस्तो पत्र


  •   मङ्गलबार, फागुन ०३, २०७८ मा प्रकाशित
  • श्री फातिमा सुमार
    उपाध्यक्ष, एमसीसी
    विषय : तिम्रो ५० लाख डलर हरेक रात सडकमा सुत्न बाध्य भएका पाँच लाख अमेरिकी जनताहरूका सेवामा खर्च गर ।

    Advertisement

    तिम्रो देशभन्दा म १२ हजार ७ सय २५ किमि टाढा छु । तिम्रो देश विश्वकै शक्तिशाली राष्ट्र हो भनी मैले राम्ररी बुझेको छु । यसैले तिम्रो देशको हरेक नागरिक र अधिकारीहरूका मनोबिज्ञान पनि समृद्ध होला भनी अपेक्षा गर्नु पनि स्वभाविक नै मान्‍नु पर्दछ । यसैले मेरो र तिम्रो राष्ट्रका अधिकारीहरूका बीचमा एमसीसी परियोजनामा २०७४ साल भदौ २९ गतेको दिन सम्‍झौता भयो ।

    अनुदान हो भनी हामी नेपाली खुसी भएपनि तिम्रो अधिकारीहरूले ठाउँठाउँमा दिएको अभिव्यक्तिले हामी झस्केको छौँ । शंका गर्ने सुविधा पाएका छौँ । हामी नेपालिहरू तिम्रो ५० लाख डलरको बिषयमा सोझो बुझाइ नै हो तर तिम्रो अधिकारीहरूको रणनीति नै बेग्लै रहेछ । तिम्रो अधिकारीहरूका भनाइ अनुसार त- एमसीसी सैन्य रणनीति पो रहेछ ! इन्डोनेसियादेखि प्रशान्त महासागर प्रयोग गरेर चीनलाई घेर्ने योजना बनाएका रहेछौ र चीनलाई सताउनको लागि नेपालको भूमिलाई सबैभन्दा उपयुक्त ठाउँ छानेको रहेछौ । हामी कुनै पनि राष्ट्रको सैन्य रणनीतिमा संलग्‍न हुदैनौँ सबैसँग पञ्चशिलको आधारमा समान व्यवहार गर्दछौँ तर तिम्रो उपस्थितिले हामीलाई तिमिमा संलग्‍न हुन बाध्य बनाउँछ । यसैले तिम्रो उपस्थिति नेपालमा कुनै पनि हालतमा हुनु हुँदैन । किनकि हामी असंल्गना नीति मान्‍ने राष्ट्रका जनता हो ।

    फातिमा सुमार, तिमी देखिनमा कति सुन्दर छौ ! तर तिम्रो देशको इतिहास कति खराब छ है ! जहाँ जहाँ तिम्रो देशको प्रवेश हुन्छ- त्यो देशको अवस्था सुखद भएको एउटा देश नि भेटेको छैन । 1st World War र 2nd World War पनि तिम्रो शासकहरूका क्षणिक स्वार्थ- हतियार बेचेर धन कमाउने रणनीतिको कारण युद्ध भएको कुरा धर्तिका कुनै पनि मानव जातिले भुलेका छैनौँ । जुनसुकै नामबाट किन नहोस- तिम्रो राष्ट्रको उपस्थितिले दुनियाँलाई खरानी, मानविय क्षति र सम्पत्तिको नोक्सानी बाहेक अरू केही पनि उपलब्धि छैन । यसैले हामीले तिम्रो सुन्दरतालाई पनि घृष्ण गर्न बाध्य छौँ ।

    तिम्रो देश बाहिरबाट हेर्दा जति समृद्ध देखिन्छ । नजिकबाट हेर्दा धेरै खराब र दयालाग्दो देखिन्छ । प्रत्येक रात ५ लाख जनताहरू सडकमा कागज ओढेर सुतिरहेका छन् । नेपालमा त्यस्तो मान्छे एक जना नि छैन । नेपालको जनसंख्याभन्दा करिब दोब्बर ५ करोड ६० लाख जनताहरू गरिबीको रेखामुनि छन् । लाखौँ अमेरिकीहरू दिनमा २ डलर मात्रै कमाई गर्दछन् । यसबाट १ बोतल पानी, ६ वटा अन्डा र १ वटा बर्गरमा बाँच्‍न बाध्य छन् ।

    तिम्रो देशको उपचार पनि साह्रै महँगो छ । बालमृत्युदर निकै उच्च छ । संसारकै हत्या हुने राष्ट्र हेर्ने हो भने पनि अमेरिका अग्रणी स्थानमा छ । स्कुले विद्यार्थीले चलाएको गोलीबाट मृत्यु पनि प्रत्येक साल जस्तै भइरहन्छ । समाजमा आर्थिक विभेद पनि निकै फराकिलो छ । यसैले अमेरिकाभन्दा नेपालको अवस्था धेरै राम्रो छ । तिमिले नेपाल राष्ट्र र नेपाली जनताहरूका विषयमा चिन्ता लिनु पर्दैन । बरू तिमी आफनै देशमा फर्क, त्यो ५० लाख डलरले हरेक रात सडकमा सुत्ने अमेरिकी नागरिकहरूका उद्दारमा खर्च गर । महँगो औषधिलाई सस्तोमा उपलब्ध गराउ । बालमृत्युदर घटाउनको लागि पोषणयुक्त खाना सुत्केरीहरूलाई खुवाउ । कमसेकम तिम्रो जनताहरूलाई ६ लिटर पानी पिउने व्यवस्था गर । पेटभरि खानाको व्यवस्था गर । जनता मारेर नेपाललाई अनुदान चाहिएन । तिमिले नेपाल बसाइँ क्रममा पक्कै पनि देख्नुपर्ने हो- कुनै पनि नेपाली भोको र तिर्खाएर बस्नु परेको छैन ।

    फातिमा सुमार,
    जाँदाजाँदै तिमिसँग केही जिज्ञासा पनि छ । तिमी पढेलेखिकि छौ तर पनि नेपाली समाजको मनोविज्ञान बुझ्‍ने किन प्रयास गरेनौ ? हामीलाई चाहिन्‍न भन्दाभन्दै एमसीसी पास गर भन्दै किन नेताहरूका घरघरमा चहारिरहेकि छौ ? कहिलेकाँहि घुमाउँरो तरिकाले धम्क्याउँछौ पनि ! तिमिलाई थाहै रहेनछ ! दुनियाको कुनै शक्तिसँग नडराएका हामी नेपाली तिमिसँग डराउने त कुरै छैन । यसैले धम्काउने बन्द गर । यसैले हामीलाई तिम्रो अधिकारीहरूका नियतमा शंका लागिरहेको छ । पहिले पहिले त हामीलाई बुँदाहरू सुधार गरेर पास गरौँ भन्‍ने लागेको थियो । तर आजभोलि तिम्रो व्यवहारले सुधारको पनि कुनै सम्‍भावना देखिँदैन । यसैले Go back Mcc.

    उही
    मेटमणि चौधरी
    नेपाल,
    २०७८ फागुन २

    (मेटमणि चौधरी नेकपा एकीकृत समाजवादीका नेता हुन् ।)

    मङ्गलबार, फागुन ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व

    • २.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ३.
      खुट्टाले लेखेर ३.४० जिपिए

    • ४.
      मन्त्री बनेपछि गृहजिल्ला पुगेका भुसाललाई सम्मानको लहर

    • ५.
      यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका

    • ६.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    भर्खरै

    • १.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • २.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    • ३.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • ४.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    • ५.
      फिफाद्वारा एन्फा निलम्बित

    • ६.
      राप्ती र गढवाले ल्याए ढकियामा बजेट

    • ७.
      माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

    • ८.
      लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation