• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ५. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ६. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ९. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • १०. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

‘वडाको विकासमा दत्तचित्त भएर लागेको छु’ : अधिकारी


  •   बिहिबार, पुष १५, २०७८ मा प्रकाशित
  • विस २०३८ सालमा अर्घाखाँचीको पाणिनी गाँउपालिका – ७ अड्गुरीमा जन्मनुभएका गुनाखर अधिकारी सानै उमेरदेखि नै राजनितीमा लाग्नुभयो। २०४६ सालमा स्कुल पढ्दा देखि नै अनेरास्वबियुको प्रारम्भिक कमिटिको सचिब हुदै राजनितिमा प्रबेश गर्नुभएका अधिकारी अहिले एमालेको पाणिनी गाँउपालिका सचिब हुनुभएको छ । व्यक्तिगत काम भन्दा सामाजिक काममा रमाउने अधिकारी २०७४ सालको स्थानीय तहको निर्बाचनमा एमालेबाट चुनाब लड्नुभएका अधिकारी पाणिनी गाँउपालिका – ७ को वडा अध्यक्षमा विजयी हुनुभयो। वडाअध्यक्ष जितेपछी अधिकारीले गरेका विकास निर्माण, आगामी योजना लगायतका विषयबस्तुमा केन्द्रित रहेर पत्रकार अनिल नेपालीले गरेको कुराकानीको बिस्तृत अंश।

    Advertisement

    १ – तपाई अध्यक्ष भएर आएपछी वडामा के के महत्वपुर्ण कामहरु भए ?
    हाम्रो वडा बिकासमा पछाडी थियो। हाम्रो साविकको वडाहरुमा खानेपानी विजुली तथा सडक पुर्वाधारको पहुच पुगेको थिएन । हामीले चुनाव जितेर आईसकेपछि सम्पुर्ण वडाका सबै वस्तीहरुलाइ मुख्य सडक सम्म जोड्ने काम गर्यौ। र हाल सडक स्तरउन्नतीको लागि प्रकृया अगाडी वढाइरहेका छौ । हामिले साविकका ४ वटा वडाहरुमा एक घर एक धाराको अवधारणा अनुरुप सुरक्षित र स्वस्थ पानी वितरणको कार्य सम्पन्न भैसकेको छ । वाकी रहेका वडाहरुमा पनी खानेपानी पुर्याउन काम भईरहेकै छ । हामी निर्वाचित हुदा अड्गुरीमा सामुदायिक र सरकारी विद्युतिकरणको माध्ययमबाट काठका पोलहरु मार्फत विद्युत वितरण भैरहेको थियो। हामिले ती काठका पोलहरु विस्थापित गरि स्टिल पोलबाट सुरक्षित र भरपर्दो विद्युत सेवा पुर्याइरहेका छौ । सामुदायिक विद्धुतिकरणको पनी प्रशारण लाइन अत्यन्त जोखिमपुर्ण थियो। त्यसलाई पनी सुरक्षित र भरपर्दो बनाएका छौ । स्वास्थ क्षेत्रको कुरा गर्दा कच्ची घरबाट स्वास्थ्य चौकीले सेवा प्रदान गरिरहेको अबस्था थियो। स्वास्थ चौकीको सुविधा सम्पन्न पक्की घर निर्माण गरि सेवा प्रदान गरिरहेका छौ । जसबाट आगामी दिनमा २४ सै घण्टा प्रसुती सेवा प्रदान गर्ने पनी लक्ष्य रहेको छ । साथै यस वडाको झन्द्रेकमा सामुदायिक स्वास्थय क्लिनकको नया भवन बनाएर सेवा प्रदान भैरहेको छ।
    खरको छानो बिस्थापन गर्दै जस्तापाता वितरण कार्य र सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत घर पुर्निर्माण कार्य समेत गरि नागरिक स्तरमा सरकारको पहुच तथा हरेक क्षेत्रबाट जनताको जिवनस्तर उकास्ने कार्यमा म र मेरो टिमले अग्रपक्तीमा रहि कार्य संचालन गरिरहेको छ । दरवन्दी कम भएका विद्यालयमाहरुमा अनुदान रकमको व्यवस्था गरि शिक्षक व्यकवस्थापनको कार्य भएको छ । विद्यालयका अत्यन्त जिर्ण भवनहरुको पुनर्निर्माण र मर्मत, सफा र सुविधा सम्पन्न शैचालय र माध्यमिक विद्यालयहरुमा कम्प्युटर प्रयोगशाला र विज्ञान प्रयोगशाला समेत स्थापना गरेका छौ। जस्ले विद्यार्थिको शिकाइ अनुभव गुणस्तरीय भएको छ । कृषिमा प्रविधी मैत्री समाग्रीहरु हाते ट्याक्टर च्यफ कटर ब्रस कटर जस्ता सामाग्रीहरुको वितरणबाट कृषि क्षेत्रको उत्पादन लागत घटेको छ। साथै उत्पादनमा आधारीत अनुदान,युवा लक्षित कृषि कार्यक्रम मार्फत स्वरोजगारी सृजना गर्ने तर्फ पनी उत्तिकै दृढताका साथ काम भएका छन् ।

    २) निर्वाचनका बेला जनतासामु गरिएका प्रतिबद्धता के कति पूरा गर्नुभयो ?
    निर्वाचनका वेला जनताहरुमा गरिएका प्रतिबद्धताहरु धेरै पूरा गरेका छौ। केही अझै पूरा हुने क्रममा छन।
    सिमित श्रोत, साधनलाई सदुपयोग गर्दै काम गरिरहेका छौ। एक घर एक धाराको काम १ वर्षमा पुरा हुनेछ । कोभिड महामारीको कारणले केही पुर्वाधार, निर्माण र सडक स्तर उन्नतीको क्षेत्रमा सोचे अनुसार काम गर्न सकेका छैनौ। प्रयाप्त बजेट व्यवस्था नहुदा योजना निर्माण कार्य प्रभावित हुन पुग्यो। जस्को सोधभर्ना हुन थप केहि समय लाग्ने देखिन्छ ।

    ३) काम गर्दा नितिगत समस्या के कति आइपरे ?

    काम गर्ने शिलसिलामा नितिगत समस्याहरु त थुप्रै आइपरेका छन् ।बास्तबमा संघिय संरचना नेपालकै लागी नया प्रयोग हो यद्दपी हामी संघियताको अभ्यास गरिरहेकै छौ। स्थानिय सरकारको अधिकार क्षेत्र भित्रका कतिपय विषयवस्तुहरु पनी संघिय सरकारकै निर्देशनमा गर्नु पर्ने, संघीय सरकारले बनाएका ऐन नियम र स्थानिय सरकारले बनाएका ऐन नियमहरु बाझिएका कारण आइपर्ने समस्याले कार्यान्वयनमा केहि द्वविधा भएपनी हामिसंग उपलब्ध श्रोत र साधनको उपयोग गर्नमा हामि कहि चुकेका भने छैनौ। संगसैगै निति निर्माण ऐन निर्माणको कार्यमा विज्ञ जनसक्तिको अभावले कतिपय अप्ठ्याराहरु देखिनै रहेका छन्। जसको समाधान अन्य स्थानिय तह संगको समन्वयमा सम्पादन गर्दै आएका छौ ।

    ४) वडाबासीको लागि तपाईले अहिलेसम्म गरेको उल्लेखनीय काम के हो ?

    – ‘हाम्रो अड्गुरी राम्रो अड्गुरी’ बनाउने दृढ इच्छा शक्तीका साथ चुनाबमा होमिएको थिए। चुनाब जितेर साथ पदधार ग्रहण गरे पश्चात पाणिनी – ७ को बिकासका काममै म खटिए। बिभिन्न योजनाहरु वडामा भित्राउन प्रदेश र संघिय  मन्त्रालय  सम्म धाएर आवश्यक योजना तथा रकम माग गरे । देश संघिय संरचनामा गई सकेपछी पहिलो निर्वाचित वडा अध्यक्षको हैसियतले भन्नुपर्दा विभिन्न नितिगत र प्राविधिक समस्याका वाजबुत पनी गत ४ वर्षमा पाणिनी ७ लाइ दिगो पुर्वाधार विकास र स्वरोजगारी सृजना गर्ने बाटोमा डोहोर्याउन लागेँ। यसरी,  समृद्ध नेपाल सुखी नेपालीको मुल मर्मलाइ टेवा दिन सकियोकी भन्ने लाग्छ। अझ वडाबासीलाई खुसी पार्ने गरि काम गर्न म प्रतिबद्व छु।

    ५) वडामा उद्योग, कृषि, प्रविधि र पशुपालनलाई प्रोत्साहन गर्ने के के काम भए ?
    उत्पादनमा आधारीत अनुदान, कृषि तथा दुग्ध जन्य युवा लक्षित कृषि तथा पशुपालन कार्यक्रम, शुद्ध बोयर वोकाको श्रोत केन्द्र स्थापना जस्ता कार्य वडामा संचालन गरिएको छ। यस्ले स्वरोजगारी श्रृजना र गरिवी निवारणमा टेवा पुगेको छ । कृषिमा आधुनिकिकरणको लागी विभिन्न प्रविधी मैत्री समाग्री हस्तान्तरण, विभिन्न शिपमुलक तालिम संचालन, कृषिमा पकेट वल्क निर्माण गरि अभियानमुखी वाली उत्पादन कृयाकलाप मार्फत विभिन्न योजनाहरु संचालन गरिएको छ जसबाट ग्रामीण रोजगारी श्रृजना भएको अनुभव मैले पाएको छु ।

    ६) वडाबासीले सिंहदरबारको अधिकार दैलोमा आएको महशुस गर्न पाएका छन् कि छैनन्?
    सिंहदरवारको अधिकार घर दैलोमा आएको महसुस वडाबासीले गर्नुभएको छ। मैले गरेको छु । विगतमा समान्य योजना माग गर्न जि वि स वा मन्त्रालय मै धाउनु पर्थ्यो। हाल स्थानिय तह वाटै विकास निर्माण, योजना निर्माण र कार्यान्वयन हुने गरेका छन् । जसबाट विकासको प्रत्यक्ष अनुभुती जनताले स्थानिय तहबाट गरेका छन् । निर्वाचित जनप्रतिनीधीहरुले जनताका गुनासाहरु योजना कार्यान्वयन गर्ने कर्मचारी र निती निर्माण गर्ने तह सम्म पुर्याएर प्रभावकारी योजना निर्माण र संचालन भएका छन् । समाजमा देखिने समान्य झै झगडा देखी वृहतर योजना निर्माण र कार्यान्वयनको पक्षमा आम नागरिकको सामान्य पहुचमा पुगेको छ। स्थानिय तहले सिंहदरवारकै रुपमा अभिभावकत्व ग्रहण गरेको छ ।
    ७ ) अन्य राजनितीक दलसंगको सहकार्य कस्तो छ? पेलेरै जाने नितिमा हुनुहुन्छ कि समन्वय पनि गर्नुहुन्छ ?
    – हरेक समाजमा भएका फरक विचार राख्ने मतबाट नै बहुदलिय व्यवस्था सफल भएको मानिन्छ । यस वडामा पनी फरक मत राख्ने विचारको सम्मान र समन्वयन गर्दै अगाडि बढिएको छ । स्मरण रहोस, पाणिनी गाउँपालिकामा हालसम्म कुनै पनी निर्णय बहुमतका आधारमा गरिएको छैन । सबै दलसंग हातेमालो गर्दै बिकास निर्माणमा लागेका छौ।

    ८) रोजगारीकोे शिलशिलामा बिदेश या भारत तिर गएकाहरुलाई गाउँ फर्काउने तपाईसंग योजना के छ?

    स्वरोजगारी सृजना गर्ने सन्दर्भमा पाणिनी गाउँपालिका र यस वडाले हालसम्म थुप्रै नितिगत तथा योजना निर्माण गरेको छ। जसबाट उल्लेखनीय कार्य भएको मैले पाएको छु। तथापी पर्याप्त भने छैन । कृषि, पर्यटन र साना तथा मझौला उद्योग साथै शिप विकासको क्षेत्रमा थप निती निर्माण गरी साना तथा मझौला किसान व्यवसायी उद्यौगीहरुलाइ टेवा पुर्याउने लक्षका साथ योजना निर्माण गरिनेछ ।

    ९) अबको वडा कस्तो बन्छ ?

    पाणिनी- ७ को वडाअध्यक्षको हैसियतमा मैले जनताको घर दैलोमै पुगेर सेवा प्रदान गर्ने कार्यमा पछी परेको छैन । वडा तहमा धेरै जस्तो आधारभुत समस्याहरु हल भएका छन। जनताको काम गर्न अझै बाँकी छ, समयले साथ दियो भने बाँकी रहेका कामहरु पूरा गर्नेछु । खानेपानी,सडक सिंचाइ शिक्षा स्वास्थ्य जस्ता विविध क्षेत्रमा भएको प्रगती देखेर म सन्तुष्ट्र छु।यो नै आजको अड्गुरीको पहिचान हो ।

    १०) अन्त्यमा के भन्न चाहान्नुहुन्छ ?
    पाणिनी ७ लाइ ४ वर्ष अगाडीको अवस्थाबाट सामाजिक, राजनितिक, आर्थिक र पुर्वाधार विकासको हालको अवस्था सम्म ल्याउनका लागी सहयोग पुर्याउने सम्पुर्णमा आभार व्यक्त गर्दछु। साथै जुनसुकै राजनितिक पृष्ठभुमीबाट आएको भएपनी समृद्ध अड्गुरी निर्माण कार्यमा सहि पृष्ठपोषण र सेवा सल्लाहको अपेक्षा गर्दै पुन: आभार टक्राउन चाहान्छु ।

    बिहिबार, पुष १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ५.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ६.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    भर्खरै

    • १.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • २.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ३.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ४.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ६.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ७.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ८.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation