• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, माघ १९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दाङमै क्यान्सर उपचार सुरु

नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा

सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

मौरीघाटको दाेलाई खोलामा पक्की पुल निर्माण सुरु

लोकप्रिय समाचार

  • १. दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

  • २. ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

  • ३. श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

  • ४. नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

  • ५. खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

  • ६. रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

  • ७. दाङमै क्यान्सर उपचार सुरु

  • ८. नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा

  • ९. प्युठानमा एक्ली महिला उम्मेदवार सीता विक सम्झना

  • १०. मौरीघाटको दाेलाई खोलामा पक्की पुल निर्माण सुरु

अख्तियारमा कपिलवस्तुका १ सय ४७ उजुरी


  •   शुक्रबार, पुष ०९, २०७८ मा प्रकाशित
  • कपिलवस्तु । कपिलवस्तुका बिभिन्न सरकारी निकायमा अनियमितता र भ्रष्टाचार गरिएको भन्दै अख्तियारमा १ सय ४७ उजुरी परेका छन् । चालु आर्थिक वर्षको मंसिर महिनासम्म ५९ र गत आर्थिक वर्ष २०७७÷०७८ मा ८८ उजुरी परेका हुन् ।

    Advertisement

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले तौहिलवामा राखेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी जिल्लास्तरीय अन्तरक्रियामा सो जानकारी गराइएको हो ।

    आयोगको बुटवल कार्यालयका प्रमुख यागेन्द्रप्रसाद पाण्डेयले अख्तियारमा लुम्बिनी प्रदेशको १० जिल्ला मध्ये कपिलवस्तु उजुरी पर्ने दोश्रो जिल्ला रहेको बताए । लुम्बिनी प्रदेशको सबैभन्दा बढी उजुरी पर्ने जिल्ला रुपन्देही रहेको र सो जिल्लामा गत आव र यस आवमा गरी कुल ३ सय २ उजुरी दर्ता भएका छन् । कपिलवस्तुका अझै १ सय १५ उजुरी फर्छ्यौट हुन बाँकी छन् ।

    यस्तै १० जिल्लाका ७ सय ४४ उजुरी मध्ये २ सय ५६ फर्छ्यौट भई ४ सय ८८ मुद्दा बाँकी छन् । अख्तियारमा परेका उजुरी मध्ये स्थनीय तहका १ सय २१ उजुरी छन् । कपिलवस्तुको १० पालिका मध्ये सबैभन्दा बढी कृष्णनगर नगरपालिकामा गत आव र चालु आव गरी ३१ वटा उजुरी परेका छन् ।

    यस्तै यशोधरा गाउँपालिकामा २४, बिजयनगर गाउँपालिकामा १३, कपिलवस्तु, महाराजगंज र बुद्धभुमी नगरपालिकामा नौ÷नौ वटा, मायादेबी गाउँपालिकामा ८, शिवराज र बाणगंगा नगरपालिकामा छ÷छ वटा तथा सुद्धोदन गाउँपालिकामा ५ वटा उजुरी परेको हो । जिल्लाबाट अख्तियारमा परेका १ सय ४७ उजुरी मध्ये सबैभन्दा बढी स्थानीय तहको संघीय मालिका सम्बन्धी ८८ वटा छन् ।

    यस्तै स्थानीय तह शिक्षाको ३३ उजुरी परेका छन् । अख्तियार बुटवलका प्रमुख पवाण्डेय अनुसार जिल्लामा १४ वटा बिषयबस्तु रहेका छन् । सो अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त सुमित्रा श्रेष्ठले भ्रष्टाचार सबै ठाउँमा हुने गरेको भन्दै यसलाई समाधान गर्न तर्फ केन्द्रित हुनुपर्ने बताइन् । उनले सबैभन्दा बढी पहुँचमा रहेको व्यक्तिले नै भ्रष्टाचार गर्ने गरेको भन्दै त्यसको न्यूनीकरण र नियन्त्रणमा पनि ती व्यक्तिहरुको योगदान हुनुपर्ने बताइन् ।

    उनले अख्तियारले भ्रष्टाचारको अनुसन्धानकाक्रममा कागजपत्रहरु मागिए पनि समयमा उपलब्ध नगराइएकाले प्रमाण नष्ट हुने सम्भावना बढेको बताइन् । उनले अबदेखि तोकिएको समयमा कागजपत्र उपलब्ध नगराइए कारबाही गर्ने चेतावनी समेत दिइन् । उनले अख्तियारमा स्थानीय तहका मात्रै ३० हजार उजुरी परेको बताइन् । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले अहिले स्थानीय तहमा भ्रष्टाचार मौलाएको बताए । उनले स्थानीय तहमा भएको भ्रष्टचार रोक्न निकै चुनौती रहेको भन्दै कर्मचारीले जनप्रतिनिधिको दबावमा नभई नियमपूर्वक काम गर्नुपर्ने बताए । उनले वडाहरुमा उपभोक्ता समितिमा गठन गर्दा भाई भतिजाहरुलाई राख्ने गरिएकोमा यस तर्फ पनि विचार पु¥याउनु पर्ने बताए ।

    कार्यक्रममा प्रजिअ चक्रपाणी पाण्डेयले प्रजिअलाई पनि भ्रष्टाचार सम्बन्धी उजुरी लिएर अख्तियारमा पठाउने अधिकार दिइनु पर्ने बताए । उनले उपभोक्ता समिति एउटै मान्छे दुई तीन ठाउँको अध्यक्ष हुने गरेकोले यसले पनि भ्रष्टाचारमा टेवा पुगेको बताए । उनले एक नम्बरमा लोक सेवा आयोगबाट पास गरेका व्यक्ति नै भ्रष्टाचारमा संलग्न भएको पाइएकाले कर्मचारीहरुले यस तर्फ बिचार पु¥याउनु पर्ने बताए । कार्यक्रममा अख्तियार बुटवलका ईडि दयाराम श्रेष्ठले अख्तियारका बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने बाग्मती सरसफाई अभियानका अभियन्ता डाक्टर राजु अधिकारीले प्रेरणामुलक प्रस्तुती गरेका थिए ।

    शुक्रबार, पुष ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर
    झिमरुकमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, शिक्षक र विद्यार्थी सम्मानित
    बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खनाल फाउण्डेशनद्वारा पोशाक वितरण
    सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै
    ‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त
    दाङमा ९ दिनमै ३८ फरार प्रतिबादी पक्राउ

    लोकप्रिय

    • १.
      दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी

    • २.
      ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

    • ३.
      श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

    • ४.
      नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै

    • ५.
      खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो

    • ६.
      रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो

    भर्खरै

    • १.
      दाङमै क्यान्सर उपचार सुरु

    • २.
      नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा

    • ३.
      सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

    • ४.
      रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

    • ५.
      श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

    • ६.
      खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

    • ७.
      नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

    • ८.
      दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation