• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अख्तियारमा कपिलवस्तुका १ सय ४७ उजुरी


  •   शुक्रबार, पुष ०९, २०७८ मा प्रकाशित
  • कपिलवस्तु । कपिलवस्तुका बिभिन्न सरकारी निकायमा अनियमितता र भ्रष्टाचार गरिएको भन्दै अख्तियारमा १ सय ४७ उजुरी परेका छन् । चालु आर्थिक वर्षको मंसिर महिनासम्म ५९ र गत आर्थिक वर्ष २०७७÷०७८ मा ८८ उजुरी परेका हुन् ।

    Advertisement

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले तौहिलवामा राखेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी जिल्लास्तरीय अन्तरक्रियामा सो जानकारी गराइएको हो ।

    आयोगको बुटवल कार्यालयका प्रमुख यागेन्द्रप्रसाद पाण्डेयले अख्तियारमा लुम्बिनी प्रदेशको १० जिल्ला मध्ये कपिलवस्तु उजुरी पर्ने दोश्रो जिल्ला रहेको बताए । लुम्बिनी प्रदेशको सबैभन्दा बढी उजुरी पर्ने जिल्ला रुपन्देही रहेको र सो जिल्लामा गत आव र यस आवमा गरी कुल ३ सय २ उजुरी दर्ता भएका छन् । कपिलवस्तुका अझै १ सय १५ उजुरी फर्छ्यौट हुन बाँकी छन् ।

    यस्तै १० जिल्लाका ७ सय ४४ उजुरी मध्ये २ सय ५६ फर्छ्यौट भई ४ सय ८८ मुद्दा बाँकी छन् । अख्तियारमा परेका उजुरी मध्ये स्थनीय तहका १ सय २१ उजुरी छन् । कपिलवस्तुको १० पालिका मध्ये सबैभन्दा बढी कृष्णनगर नगरपालिकामा गत आव र चालु आव गरी ३१ वटा उजुरी परेका छन् ।

    यस्तै यशोधरा गाउँपालिकामा २४, बिजयनगर गाउँपालिकामा १३, कपिलवस्तु, महाराजगंज र बुद्धभुमी नगरपालिकामा नौ÷नौ वटा, मायादेबी गाउँपालिकामा ८, शिवराज र बाणगंगा नगरपालिकामा छ÷छ वटा तथा सुद्धोदन गाउँपालिकामा ५ वटा उजुरी परेको हो । जिल्लाबाट अख्तियारमा परेका १ सय ४७ उजुरी मध्ये सबैभन्दा बढी स्थानीय तहको संघीय मालिका सम्बन्धी ८८ वटा छन् ।

    यस्तै स्थानीय तह शिक्षाको ३३ उजुरी परेका छन् । अख्तियार बुटवलका प्रमुख पवाण्डेय अनुसार जिल्लामा १४ वटा बिषयबस्तु रहेका छन् । सो अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त सुमित्रा श्रेष्ठले भ्रष्टाचार सबै ठाउँमा हुने गरेको भन्दै यसलाई समाधान गर्न तर्फ केन्द्रित हुनुपर्ने बताइन् । उनले सबैभन्दा बढी पहुँचमा रहेको व्यक्तिले नै भ्रष्टाचार गर्ने गरेको भन्दै त्यसको न्यूनीकरण र नियन्त्रणमा पनि ती व्यक्तिहरुको योगदान हुनुपर्ने बताइन् ।

    उनले अख्तियारले भ्रष्टाचारको अनुसन्धानकाक्रममा कागजपत्रहरु मागिए पनि समयमा उपलब्ध नगराइएकाले प्रमाण नष्ट हुने सम्भावना बढेको बताइन् । उनले अबदेखि तोकिएको समयमा कागजपत्र उपलब्ध नगराइए कारबाही गर्ने चेतावनी समेत दिइन् । उनले अख्तियारमा स्थानीय तहका मात्रै ३० हजार उजुरी परेको बताइन् । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले अहिले स्थानीय तहमा भ्रष्टाचार मौलाएको बताए । उनले स्थानीय तहमा भएको भ्रष्टचार रोक्न निकै चुनौती रहेको भन्दै कर्मचारीले जनप्रतिनिधिको दबावमा नभई नियमपूर्वक काम गर्नुपर्ने बताए । उनले वडाहरुमा उपभोक्ता समितिमा गठन गर्दा भाई भतिजाहरुलाई राख्ने गरिएकोमा यस तर्फ पनि विचार पु¥याउनु पर्ने बताए ।

    कार्यक्रममा प्रजिअ चक्रपाणी पाण्डेयले प्रजिअलाई पनि भ्रष्टाचार सम्बन्धी उजुरी लिएर अख्तियारमा पठाउने अधिकार दिइनु पर्ने बताए । उनले उपभोक्ता समिति एउटै मान्छे दुई तीन ठाउँको अध्यक्ष हुने गरेकोले यसले पनि भ्रष्टाचारमा टेवा पुगेको बताए । उनले एक नम्बरमा लोक सेवा आयोगबाट पास गरेका व्यक्ति नै भ्रष्टाचारमा संलग्न भएको पाइएकाले कर्मचारीहरुले यस तर्फ बिचार पु¥याउनु पर्ने बताए । कार्यक्रममा अख्तियार बुटवलका ईडि दयाराम श्रेष्ठले अख्तियारका बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने बाग्मती सरसफाई अभियानका अभियन्ता डाक्टर राजु अधिकारीले प्रेरणामुलक प्रस्तुती गरेका थिए ।

    शुक्रबार, पुष ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation