• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

विदुरका दुई वडामा बल्यो बत्ती

नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ४. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ७. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ८. नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

  • ९. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • १०. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

ओम्नी, वाइड बडी जस्ता काण्ड हुन नदिने मन्त्री बिरोध खतिवडाको प्रतिवद्धता


  •   सोमबार, असोज २५, २०७८ मा प्रकाशित
  • हेटौंडा । नेकपा एकिकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफ्ना मतदाता र कार्यकर्ताहरुको शिर निहुराउनुपर्ने गरी कुनै पनि गलत काम नगर्ने प्रतिवद्धता जनाउनुभएको छ । नेकपा एकिकृत समाजवादी मकवानपुर जिल्ला कमिटीद्वारा दशैंको अवसरमा सोमबार आयोजित  चियापान कार्यक्रममा उहाँले उक्त प्रतिवद्धता जनाउनुभएको हो। मन्त्री भएलगत्तै पहिलोपटक गृह जिल्ला आउनुभएका उहाँले आफुले आफ्नो क्षमता र विवेकले भ्याएसम्म सकेको राम्रो गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो । अघिल्लो सरकारको पालामा भएका जस्ता ओम्नी, वाइड बडी लगायतका काण्ड आफुहरुले हुन नदिने उहाँको भनाई थियो ।
    नेकपा एकिकृत समाजवादीका तेस्रो वरियताका नेता मुकुन्द न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । पार्टीका उपाध्यक्ष केदार न्यौपानेले समेत शुभकामना व्यत्तः गर्नुभएको थियो । सो कार्यक्रममा मन्त्री खतिवडाले जनताको मत र पार्टीको निर्देशनलाई आत्मसाथ गरेर काम गर्ने बताउनभयो । मन्त्री खतिवडाले अहिलेको प्राथमिकता कोरोना संक्रमण नियन्त्रण भएको भन्दै उहाँले नेपाललाई चाहिने २ करोड डोज खोप ल्याउन पहल गर्ने बताउनु भयो । खतिवडाले विगतको पार्टीमा जनताले विश्वास गरेर निर्वाचित गर्दा पनि ठूला भन्नेहरुले पेल्ने र ठेल्ने काम गरेको बताउनु भयो । पेल्ने र ठेल्नेको चंगुलबाट उम्किएर नयाँ यात्रा सुरु गर्दा प्रधानमन्त्री र पार्टी अध्यक्षले विश्वास गरेर जिम्मेवारी दिएको भन्दै उहाँले भन्नुभयो,, ‘ठेल्दै पेल्दै गयो भने कहिलेकाहीँ फड्को मार्नुपर्ने हुँदोरहेछ । अहिलेको क्याबिनेटको मर्यादाक्रममा छैटौं नम्बरमा राखेर आयो । पुरानो ऋण ब्याज सबै सकियो ।’ यसैबीच उहाँले हेटौंडाका विभिन्न २१ सामाजिक संस्थाहरुको संयुक्त स्वागत कार्यक्रममा पनि सम्वोधन गर्नुभयो भने हेटैंडा अस्पतालको समेत निरिक्षण गर्नुभयो । सोमबार दिउँसो मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको स्थलगत अवलोकन तथा निरीक्षण गर्दैे हेटौंडा अस्पतालको स्तरोन्नती र सेवा विस्तारको लागि सक्दो प्रयास गर्ने बताउनुभयो ।
    मन्त्री खतिवडाले अस्पताललाई आम नागरिकहरुको गुनासो रहित बनाउन आवश्यक काममा सक्रिय भूमिका निर्वाह गर्ने बताउँदै अस्पतालको विकास र विस्तार सरकारको प्राथमिकतामा रहेको जानकारी दिनुभयो । उहाँले अस्पतालका कर्मचारीमा प्रतिष्ठान आएपछि जागिर नै संकटमा पर्ने चिन्ताले सताइरहेको भन्दै यसबारेमा सरकारले आवश्यक निर्णय गर्ने भएकाले निश्चिन्त रहेर जनताको सेवामा लाग्न आग्रह गर्नुभयो । वर्षौँदेखि काम गर्दै आएको करारका कर्मचारी, चिकित्सक, नर्स लगायत सबैलाई समेटेर प्रतिष्ठानले अपुग कर्मचारी माग्नेमा सरकारको ध्यानकर्षण हुने मन्त्री खतिवडाले बताउनुभयो । अस्पतालले एक समारोहका बीच मन्त्री खतिवडालाई स्वागत एवम् सम्मानसमेत व्यक्त गरेको थियो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. रामचन्द्र सापकोटाले मन्त्री खतिवडालाई अस्पतालको पछिल्लो अवस्था र कोभिड–१९ मा गरेका प्रयासका बारेमा जानकारी गराएका थिए । मकवानपुर मात्र नभइ ७७ जिल्लाको स्वास्थ्य क्षेत्रको विकास आफ्नो जिम्मेवारी भएको भन्दै उहाँले कोरोना संकटले देशनै समस्या ग्रस्त रहेकोले आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्ध हासिल हुन सक्दो प्रयास गर्ने बताउनुभयो । मन्त्री खतिवडाले कोरोनाका कारण बालबालिकाहरु निकै नै जोखिम रहेकाले आगामी केही समयमा नै बालबालिकाहरुका लागि कोरोना विरुद्धको खोपको व्यवस्था गर्ने गरी सरकारले काम गरिहेको जानकारी दिनुभयो ।
    उहाँले बालबालिकाका लागि कोरोना विरुद्धको ४० लाख डोज खोप सम्झौता भइसकेको र थप ६० लाख डोज खोप भित्र्याउने प्रक्रिया जारी रहेको बताउनुभयो । सबै नेपालीहरुलाई पूर्ण मात्रामा खोप सेवा प्रदान गरेर कोरोनालाई परास्त गरियो भन्ने अवस्थामा पुग्ने लक्ष्यसहित सरकार कोरोना नियन्त्रणमा प्रतिबद्ध रहेको उहाँको भनाई थियो ।

    Advertisement

    सोमबार, असोज २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल
    विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु
    बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ४.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो :

    भर्खरै

    • १.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • २.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

    • ६.
      विदुरका दुई वडामा बल्यो बत्ती

    • ७.
      नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

    • ८.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...