देउवालाई प्रधानमन्त्री घोषणाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६(५० को प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै विपक्षी दलका सांसदहरूले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।

विघटित प्रतिनिधि सभाका १४६ जना सांसदको हस्ताक्षरसहित नेताहरू सोमबार सर्वोच्च अदालत गएर रिट दिएका हुन् । रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएको दाबी गरिएको छ ।

यसअघि गत शुक्रवार विपक्षी गठबन्धनले १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपतिलाई निवेदन दिएको थियो । तर प्रधानमन्त्री नियुक्त गर्नाका लागि आवश्यक आधार दाबी अपुग भएको भन्दै राष्ट्रपतिले खारेज गरेकी थिइन् ।

कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...