• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ५. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ६. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ७. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • १०. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य


  •   शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
  • पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक रानीमहलको संरक्षण र प्रवर्द्धनमा सबैको साझा जिम्मेवारी हुनुपर्ने बताएका छन् ।
    शुक्रबार पाल्पाको तानसेन नगरपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा लेखक रामचन्द्र खनालद्वारा लिखित ऐतिहासिक उपन्यास ‘रानीमहल’ विमोचन गर्दै मुख्यमन्त्री आचार्यले रानीमहललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन साहित्यले समेत महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
    ‘रानीमहल लुम्बिनी प्रदेशको ठूलो र साझा सम्पत्ति हो । यसको संरक्षण गर्ने दायित्व हामी सबैको साझा हो,’ उनले भने, ‘रानीमहललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने हिसाबले प्रकाशित यो पुस्तकले हाम्रो पर्यटन प्रवर्द्धन अभियानलाई टेवा पुर्‍याउनेछ ।’
    मुख्यमन्त्री आचार्यले रानीमहलको ऐतिहासिक महत्त्व उजागर गर्न लुम्बिनी र गण्डकी प्रदेश सरकारबीच ऐतिहासिक बैठक आयोजना गरिएको जानकारी दिए । रानीमहललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन प्रदेश सरकारले विभिन्न कार्यक्रम अघि बढाएको उनको भनाइ थियो ।
    कालीगण्डकी नदी किनारमा अवस्थित रानीमहल नेपालको महत्त्वपूर्ण ऐतिहासिक तथा पर्यटकीय सम्पदा हो । तत्कालीन पाल्पाका बडाहाकिम खड्गशमशेर जबराले आफ्नी दिवङ्गत पत्नी तेजकुमारीको सम्झनामा विसं १९५४ मा निर्माण गराएको यो महल प्रेमको प्रतीकका रूपमा समेत परिचित छ । विशिष्ट वास्तुकला र ऐतिहासिक पृष्ठभूमिका कारण महत्त्वपूर्ण मानिने रानीमहलको संरक्षणसँगै यसको इतिहास र सांस्कृतिक महत्त्वको प्रचारप्रसार गर्न सके पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
    लेखक खनालले रानीमहलको ऐतिहासिक पहिचानलाई साहित्यका माध्यमबाट पाठकमाझ पुर्‍याउने उद्देश्यले उपन्यास तयार पारेका हुन् । कार्यक्रममा प्राध्यापक डा. मुरारी पराजुलीले उपन्यासमाथि टिप्पणी गरेका थिए ।
    तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा तथा राष्ट्रिय सभा सदस्य, संविधानसभा सदस्य, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, स्थानीय जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतननाथ गिरीले स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए ।

    Advertisement

    शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन
    कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित
    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद
    लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation