• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ७. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ८. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ९. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • १०. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

कोभिड-१९ को महामारीको समयमा जुध्नकालागि अत्याबश्यक सुझावहरु


  •   बुधबार, बैशाख २९, २०७८ मा प्रकाशित
  • कोभिड-१९ को महामारीको समयमा जुध्नकालागि अत्याबश्यक सुझावहरु

    Advertisement

    १. घरबाट बाहिर निस्किदै ननिस्किने (गाउँघर/छिमेक र आफ्नै मान्छे हो भनेर हेलचक्र्याई नगर्ने) I मानिसहरु भेला हुने, भोज/भतेर गर्ने, अन्य सामुहिक कार्य गर्ने जस्ता क्रियाकलाप तत्कालका लागि रोकौ I
    २. स्थानीय उत्पादनलाई बढावा दिऔ, जे उपलब्ध छ, त्यही खाऔ, हात मुख जोर्न नै गाह्रो भए टोल/छिमेकमा प्रतिनिधि मुलक तबरले स्थानीय अधिकारीलाई सचेत गराऔ I
    ३. अति आबस्यक काम नै हो भने परिवारको सदस्य जो बाहिरी बाताबरणमा अलि बढी हिडिरहेको, घुलमिल भएको छ वा घरमा अलि बढी तन्दुरुस्त छ, उ मात्र निस्किने वा खट्ने गरौ, मास्कको अनिबार्य प्रयोग, आपसी दुरी कायम गर्न र पटक पटक हात सफा गर्न नबिर्सौ I
    ४. आफ्नो परिवारका सबै सदस्यहरु संगै बसी सकारात्मक छलफल र भविष्यका लागि योजना बनाऔ, घरमै पनि सामान्य मनोरंजनका क्रियाकलाप गर्न सकिन्छ I बालबालिका, किशोर/किशोरी, दिर्घ रोगि, जेष्ठ नागरिक र बिषेश अवस्थाका नागरिकलाई बिषेश ध्यान पुर्याउ I
    ५. समुदायमा आपसी सहयोग, समन्वय र मेलमिलाप कायम गरौ I स्थानीय क्लब तथा समुदायमा बिध्धमान समुहको अगुवाईमा आकस्मिक सामुदायिक निगरानी तथा हेरचाह टिमको ब्यबस्था हुन सके संक्रमण रोकथाम र ब्यबस्थापन प्रभावकारी हुन्छ I
    ६. स्थानीय बुद्धिजिबी, ब्यापारी, शिक्षक र अन्य पेशामा आबद्ध भएकाहरु निषेधाज्ञा अबधिमा गाउं/घरमै रहेकाले आफ्नो अनुभब, सिप, क्षमता/दक्षता र लगनशिलता आफ्नो टोलका लागि दिऔ, सामाजिक बनौ I
    ७. बैदेशिक रोजगार वा नेपाल बाहिर बसोबास गर्ने नेपालीहरुले आफु पनि सुरक्षित हुदै हिजोका दिनमा गरेका थुप्रै सहयोगका उदाहरणीय कार्यलाई निरन्तरता दिन यो समयलाई अवसर ठानी आ-आफ्नो जिल्ला र स्थानीय तहका अधिकारीलाई सम्पर्क गरि सहयोग गर्न सकिन्छ I
    ८. अत्याबस्यक व्यक्ति, सम्पर्क नम्बर, र आफुलाई चाहिएमा जान सकिने स्वास्थ्य संस्था पहिचान गरौ (जस्तै; एम्बुलेन्स, नजिकको स्वास्थ्य अधिकारी, जनप्रतिनिधि…….आदि) I
    ९. जिल्ला र स्थानीय तहको समन्वयमा स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुले आधारभूत व्यक्तिगत सुरक्षाका साबधानी लिदै अन्य जनस्वास्थ्य प्राथमिकताका कार्यक्रमलाई समेत संगसगै सम्पादन गर्दै साबिक भन्दा अलि बढी नै क्रियाशील भै होम तथा संस्थागत आइसोलेसन/केन्द्र ब्यबस्थापन/संक्रमितहरुकालागि आधारभूत उपचार/परामर्श, परिक्षण, कन्ट्याक्ट ट्रेसिंग, केस अनुसन्धानमा अग्रसर होऔ, आफुले प्रेषण गर्ने स्वास्थ्य संस्था पहिले

    नै सुनिस्चित गरौ I (जुन कार्य अहिलेको विपद ब्यबस्थापनको करिब ८० प्रतिसत कार्य हुन आउछ)

    १०. प्रदेश संगको सहकार्यमा सम्बन्धित स्वास्थ्य कार्यालय र स्थानीय तहले निरन्तर नेतृत्वदायी भूमिका प्रदान गरौ, निशुल्क अत्याबश्यक औषधि र स्वास्थ्य सामाग्रीहरुको समुचित ब्यबस्थापनमा अग्रसर होऔ, हरेक दिन साझ दिन भरको कार्यको समिक्षा गरौ I
    ११. प्रदेश सरकारले आफु मातहतका सबै अस्पताल (सरकारी र निजि समेत) र मेडिकल कलेजलाई कोभिड-१९अस्पतालमा रुपान्तरण गरौ, उपलब्ध क्षमता बढाऔ, आफु मातहत अन्य निकाय र संयन्त्रलाई महामारी ब्यबस्थापन मै अग्रसर हुनका लागि अनिबार्य तल्लिन गराऔ I बर्षातको समय सुरु हुदै गर्दा हुन सक्ने अन्य महामारीलाई समेत मध्यनजर गर्दै समग्र विपद ब्यबस्थापन कार्ययोजना सार्बजनिक गरौ I
    १२. जिल्ला/प्रदेश तथा केन्दीय वा बिशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरेका स्वास्थ्य संस्था (निजि तथा गैरसरकारी समेत) मा नियमित स्वास्थ्य सेवाको उपभोग साबिक भन्दा पक्कै कम नै छ, अत्याबश्यक स्वास्थ्य सेवालाई निरन्तरता दिदै महामारीको यो समयमा आफ्नो क्षमता वा सकेसम्म बढी नै सेवा प्रदान गर्न सक्ने गरि सेवा संचालन खाका सार्बजनिक गरौ, नियमित अपडेट गर्दै जाऔ I सबैले महामारी ब्यबस्थापन फोकल पर्सन मार्फत सूचना सम्प्रेषण गर्दा उपयुक्त हुन्छ I
    १३. संक्रमण पुष्ट्री भै होम आइसोलेसनमा बसेकाहरुलाई मानसिक रुपमा सहयोग हुने क्रियाकलापमा जोड दिऔ I हाल सम्म कोभिड संक्रमण बिरुद्दको औषधि नबनेकाले मानसिक रुपमा बलियो भै प्रस्तुत हुने र सकारात्मक सोच राखी आधारभूत जनस्वास्थ्य साबधानी अपनाउने नै बुद्धिमानी हुन्छ, स्वास्थ्यकर्मीको सल्लाह अनुसार केहि चिन्ह/लक्षण अनुसारका सहयोगात्मक औषधि सेवन गर्न सकिन्छ I
    १४. संचार क्षेत्रमा सकारात्मक संदेश जाने सूचना, समाचार प्रसारण र प्रकाशन गरौ I
    १५. संक्रमितको नजिकको सम्पर्कमा आएकाहरु चिन्ह लक्षण नदेखिए पनि स्व-स्फुर्त रुपमा आफै आइसोलेसनमा रहौ, कसैलाई कोभिड-१९ जस्तै देखिने चिन्ह लक्षण भएमा वा अन्य स्वास्थ्य समस्या देखा परे स्वास्थ्य संस्थामा जानु पूर्व स्थानीय स्वास्थ्य अधिकारी सँगको सम्पर्क पश्चात प्राप्त निर्देशन अनुसार गरौ I
    १६. अनाबस्यक वा पटक-पटक समाचार र सामाजिक संजाल नहेरौ, दिनमा कम्तिमा १ पटक मात्र आधिकारिक मिडियाबाट अपडेट हुदा राम्रो हुन्छ I

    १७. आफु वा परिवारका सदस्य संक्रमित भएमा आइसोलेसनमा कहाँ/कसरी बस्ने कुन कुन सामग्री प्रयोगमा ल्याउने लगाएत अन्य आबस्यक पूर्व तयारी एबम सोच पहिले नै बनाऔ I
    १८. टोल छिमेकमा कोहि संक्रमित वा मृतकका परिवार हुनुहुन्छ भने फोनबाटै परामर्श र सहभागिता जनाऔ (अन्य ब्यबस्थापन जिल्ला/स्थानीय अधिकारीबाट हुन्छ) I
    १९. संक्रमण निको भै सकेकाहरु पनि साबधानी र सचेत रहदै नयाँ भएका संक्रमितहरुलाई सकारात्मक र सहयोगात्मक टिप्स उपलब्ध गराऔ I
    २०. अत्याबश्यक कामका खटिने जनप्रतिनिधि, जिल्ला तथा स्थानीय अधिकारी, र कार्यालयका कर्मचारीहरु पनि सिफ्ट ड्युटीमा खटिने गर्दा उत्तम हुन्छ I
    २१. स्वास्थ्यकर्मी तथा अग्रपंक्तिमा कार्यरत सुरक्षाकर्मीहरुको मनोबल उच्च् हुने खालका ब्यबहार मात्र अबलम्बन गरौ I
    २२. आम नागरिकले नेपाल सरकारबाट जारी गरिने वा गरिरहेका आधारभूत स्वास्थ्य साबधानी र प्रोटोकल बारे र बिशेषज्ञ स्वास्थ्य सेवा तथा सुबिधा उपलब्ध गराउन सुचिकृत अस्पताल तथा स्वास्थ्य संस्था विवरणका बारेमा जानकारी लीई राखौ I

    संबिधान प्रदत्त नागरिकको स्वास्थ्य अधिकार उपलब्धताको प्रत्त्याभुत गराउनका साथै उच्चतम स्वास्थ्य उपचार सहायता, हाललाई १८ बर्ष माथिका सम्पूर्ण नागरिकहरुलाई संक्रमण बिरुद्धको खोपको सुनिस्चितता, अत्याबस्यक औषधि, स्वास्थ्यजन्य सामग्री र औजार/उपकरणहरु ब्यबस्थापन जस्ता कार्यमा नेतृत्व गर्दै तत्काल जनस्वास्थ्य संकटकाल घोषणा गर्न नेपाल सरकारले ढिलो गर्नु हुदैन, राज्यका सबै संयन्त्र चलायमान गराउदै, सरकारी निजि साझेदारीको नीतिलाई शत प्रतिसत लागु गरौ, छिमेकि मुलुक भारतको संक्रमण फैलावट दरले नेपालको फैलावट निर्धारण हुने हुदाँ निषेधाज्ञा समय सोहि अनुसार आकलन गरि थप्दै जान सकिन्छ I

    – बिशाल सुबेदी

    बुधबार, बैशाख २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
    आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    भर्खरै

    • १.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • २.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ४.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    • ६.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    • ७.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ८.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation