काठमाण्डौ। खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले सिंहदरबारस्थित एक क्याफेलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ।
अनुगमनको क्रममा क्याफेमा घुन लागेको १७ केजी दाल, ओसिएको ११ केजी बदाम तथा १४ वटा फुटेको अन्डा भेटिएपछि जरिवाना गरिएको विभागले जनाएको छ। क्याफेको नाम भने गोप्य राखिएको छ। बजार अनुगमनका क्रममा खाद्यवस्तु गुणस्तरहीन भेटिएपछि विभागले कारबाही गरेको जनाएको छ।
Advertisement