काठमाडौं। बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार यात्रुवाहक बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको हो।
दुर्घटनामा घाइते भएका १६ जनालाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनास्थलमा नेपाल प्रहरी, स्थानीयवासी र अन्य सुरक्षाकर्मीको टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ।
प्रहरीका अनुसार बस सडकबाट धेरै तल खसेर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। दुर्घटनाको भीषणताका कारण हताहतीको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
मृतक सात जनाको परिचय अझै खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ भने उद्धार तथा विवरण सङ्कलन जारी रहेकाले मृतक र घाइतेको संख्या परिवर्तन हुन सक्ने प्रहरीले जनाएको छ।
काभ्रे बस दुर्घटना : ८ जनाको मृत्यु, १६ घाइते
काभ्रे बस दुर्घटना : ८ जनाको मृत्यु, १६ घाइते
Advertisement
तपाईको प्रतिक्रिया