अर्घाखाँची । जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार गराइरहेका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मालारानी-४ का ४२ एक पुरूष,सन्धिखर्क नगरपालिका ७का ५२ का पुरूष र सन्धिखर्क नगरपालिका १ कै २८ वर्षीया महिला रहेका छन् । २८ वर्षीय महिलाको कोरोना संक्रमणको आशंका गरिएपनि परीक्षण रिपोर्ट आउन बाँकी छ । तीनै जनाको आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय विकले जानकारी दिए । यससँगै अर्घाखाँचीबाट कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
Advertisement