काठमाडौँ । बाजुराको बूढीगंगा नगरपालिकामा स्थित धुरालसैन माबिमा १ सय ५० जना भन्दा बढी विद्यार्थी बिरामी परेका छन् ।
Advertisement
उनीहरुमा रुघाखोकी, ज्वरो, पखाला, वान्ता र टाउको दुख्ने समस्या देखिएको विद्यालयले जनाएको हो। विरामी पर्न थालेपछि विद्यालयमा विद्यार्थीको संख्या कम हुँदै गएको छ । बिरामी परेर पनि स्कुल आएका विद्यार्थीहरुलाई विद्यालयले घर पठाउने गरेको जनाएको छ ।
विद्यार्थी विरामी भएको जानकारी आएपछि नगरपालिकाले स्वास्थ्यकर्मीको टोली औषधिसहित विद्यालयमा पठाएको जनाकारी गराएको छ ।