• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

विदुरका दुई वडामा बल्यो बत्ती

नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ३. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • ७. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ८. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ९. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • १०. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस


  •   मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित
  • काठमाडौ। मधेश प्रदेशमा विशेषज्ञ मिर्गौला उपचार सेवाको पहुँच विस्तार गर्न गठित सम्भाव्यता अध्ययन समितिले जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस गरेको छ।
    समितिले प्राविधिक, पूर्वाधार, जनशक्ति, आर्थिक तथा सामाजिक पक्षको अध्ययनपछि संघ र प्रदेश सरकारको सहकार्यमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुर मार्फत केन्द्र सञ्चालन गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको हो।
    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई बुझाइएको प्रतिवेदनमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–मुजेलियामा सार्वजनिक मोडलमा मिर्गौला उपचार केन्द्र स्थापना गर्न प्रस्ताव गरिएको छ। केन्द्रलाई ६ देखि १० वर्षको मध्यमकालीन परियोजनाका रूपमा अघि बढाउन तथा स्वास्थ्य क्षेत्रको प्राथमिकता प्राप्त आयोजनामा राख्न सुझाव दिइएको छ।
    आर्थिक वर्ष २०८२/८३ को बजेटमा क्यान्सर र मिर्गौला प्रत्यारोपणजस्ता जटिल उपचार सेवा प्रदेशस्तरमा विस्तार गर्ने लक्ष्यअनुसार मन्त्रालयले वरिष्ठ कन्सल्टेन्ट नेफ्रोलोजिस्ट डा. विक्रम वीर वज्राचार्यको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो। समितिले विभिन्न सरकारी अस्पतालको स्थलगत अध्ययन, सरोकारवालासँग छलफल तथा प्राविधिक मूल्याङ्कनपछि प्रतिवेदन तयार गरेको हो।
    प्रतिवेदनअनुसार नेपालमा करिब ६.२ प्रतिशत जनसंख्या कुनै न कुनै प्रकारको मिर्गौला रोगबाट प्रभावित छन्। तर मधेश प्रदेशमा नेफ्रोलोजिस्ट, हेमोडायलाइसिस मेसिन र मिर्गौला प्रत्यारोपण सेवाको पहुँच सीमित रहेकाले अधिकांश बिरामी उपचारका लागि काठमाडौं वा अन्य प्रदेश जान बाध्य छन्।
    समितिले केन्द्र सञ्चालनका लागि संघ, प्रदेश र संघ–प्रदेश सहकार्य गरी तीन मोडलको अध्ययन गरेको थियो। तीमध्ये संघ र प्रदेश सरकारको सहकार्यमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत सञ्चालन हुने मोडल सबैभन्दा उपयुक्त हुने निष्कर्ष निकालिएको छ। यसबाट स्रोत व्यवस्थापन, विशेषज्ञ जनशक्ति परिचालन र सेवाको दिगोपना सुनिश्चित गर्न सहज हुने प्रतिवेदनमा उल्लेख छ।
    केन्द्र सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयको नेतृत्वमा विशेषज्ञसहितको अस्पताल विकास समिति गठन गरी परियोजना अघि बढाउने अवधारणा पनि प्रतिवेदनले अघि सारेको छ।
    समितिको निष्कर्षअनुसार जनकपुरमा मिर्गौला उपचार केन्द्र स्थापना भए मधेश प्रदेशका बिरामीले आफ्नै प्रदेशमा विशेषज्ञ सेवा पाउने, काठमाडौं केन्द्रित उपचारको चाप घट्ने र प्रदेशको स्वास्थ्य सेवा प्रणाली थप सुदृढ हुने अपेक्षा गरिएको छ।

    Advertisement

    मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ३.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा

    भर्खरै

    • १.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • २.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ३.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    • ४.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

    • ५.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

    • ७.
      विदुरका दुई वडामा बल्यो बत्ती

    • ८.
      नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation