• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ४. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ५. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ६. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ७. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ८. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ९. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • १०. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

कार्यपालिका बैठकमा बहुमत सदस्यनै अनुपस्थित भएपछी


  •   शुक्रबार, माघ १६, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । वडाध्यक्ष सहित कार्यपालिका सदस्यहरुले विभिन्न आरोप प्रत्यारोप सहित बुझाएको ज्ञापनपत्रमा कुनै सत्यता नरहेको राजपुर गाउँपालिकाले जनाएको छ ।

    Advertisement

    बिगत ५ महिनादेखी कार्यपालिकाको बैठक बस्न नसकेको आरोप प्रती राजपुर गाउँपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यही पौष ९ गते कार्यपालिका बैठकमा विभिन्न प्रस्ताबउपर छलफल भएको तर ज्ञापन पत्र बुझाउने कार्यपालिका सदस्यहरुबाटै दस्तखत नभएका कारण कार्यान्वयन हुन नसकेको गाउँपालिकाले जारी गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

    कार्यपालिका बैठक बोलाउँदा ज्ञापन पत्र बुझाउने सदस्यहरु नै अनुपस्थित हुनु तथा उपस्थित भएर पनि दस्तखत नगर्नुले कार्यपालिका बैठक बिथोलिएको ध्यानाकर्षण पत्र मार्फत जनाईएको छ । कार्तिक महिना बाहेक भाद्र देखि निरन्तर बैठक बस्दै आईरहेको गाउँपालिकाले जनाएको छ । भाद्र ९ गते बैठक बसि विभिन्न निर्णय भएको, असोज १२ गते पनि विभिन्न निर्णय भएको, मंसीर ८ गतेको बैठकमा ज्ञापनपत्र बुझाउने सदस्यहरु अनुपस्थितिका कारण स्थगित भएको, पौष ७ गतेपनि अनुपस्थित भएको र पु:न पौष ९ गते बोलाईएको बैठकमा ज्ञापन पत्र बुझाउने सदस्यहरु उपस्थित रहेपनी निर्णय उपर दस्तखत नगरेका कारण कार्यान्वयन हुन नसकेको गाउँपालिकाले बताएको छ ।

    त्यस्तै गाउपालिकाको जेसिबि भएरपनि नाका क्षत्रमा बाटो सरसफाई नगरेको भन्ने आरोपमा पनि कुनै सत्यता नरहेको गाउँपालिकाको ध्यानाकर्षण पत्रमा उल्लेख छ । गाउँपालिकाको तथ्याङ्क अनुसार जेसिबि गत साउन २ गतेदेखी नाका तथा खोला क्षत्रमा विभिन्न प्रायोजनमा ब्यस्त रहेको छ ।
    तथ्याङ्क अनुसार साउन २ गते खाद्यान्न ढुवानी तथा बाटो सरसफाईका लागी गाउँपालिकाको जेसिबि खाँग्रानाका गएको थियो । त्यस्तै साउन ४ गते गुरुङखोलामा बाटो मर्मत, साउन ८ गते खाङ्ग्रानाकामा खाद्यान्न ढुवानी तथा यातायात सुचारुका लागि, भाद्र १२ गते खाङ्ग्रा नाकामै बाटो सरसफाई तथा खाद्यान्न ढुवानी, १८ गते पटौली नाकामा बाटो सरसफाई तथा मर्मत, असोज ५ गते सनपत्री नाकामा बाटो सरसफाई तथा मर्मत, २७ गते खाङ्ग्रानाकामा बाटो सरसफाई र मर्मत, कार्तिक ४ गते सुनपत्री नाकामा बाटो मर्मत, २२ गते भैसाही नाकामा बाटो मर्मत तथा सरसफाई, मंसीर २० गते खाङ्ग्रा नाकामा बाटो मर्मत तथा सरसफाई, पुस ५ गतेदेखि भैसाही नाका, स्याउले नाका र भौवानाकामा गाउँपालिकाको जेसीबिले बाटो मर्मत तथा सरसफाई गरेको तथ्याङ्कमा उल्लेख छ ।

    ज्ञापन पत्र अनुसार आर्थिक बर्ष २०७६/७७ को योजनाको भुक्तानी रोकेको आरोप प्रती गम्भीर हुँदै गाउँपालिकाले ज्ञापनपत्र दाताहरुले नै निर्णयमा दस्तखत नगरेकै कारण कार्यान्वयन हुन नसकेको बताएको छ । पौष ९ गते बोलाईएको बैठकमा भुक्तानी एजेण्डा पेश भएको तर ज्ञापनपत्रदाता हरुले नै निर्णयमा दस्तखत नगरिदिँदा कार्यान्वयन हुन नसकेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

    त्यस्तै साधारण नमुना माध्यमिक बिद्यालय गँगदीको बिद्यालय ब्यबस्थापन समिति गठनका लागि कोभिड-१९ का कारण हाल भेला नगराउन गाउँपालिकाले पत्रचार गरेपनि त्यसको बेवास्ता गरि मनोमानी ढँगले बिब्यस गठन गरेको प्रती गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । गाउँपालिकाका प्रतिनिधिको अनुपस्थितिमा सम्पुर्ण अभिभावक हरुलाई जानकारी नै नदिई सिमित अभिभावकको उपस्थितिमा मात्र बिब्यस गठन गरिएको गाउँपालिकाले आरोप लगाएको छ । गाउँपालिकाले पुन: भेला गराई बिब्यस गठन गर्ने वा सोही बिब्यस लाई निरन्तरता दिने सम्बन्धमा निर्णय गरिनुपर्ने बताएको छ । साथै खरदरिया घाटबाट उत्खनन् गरेको केसी निर्माण सेवालाई बिक्रिबितरण तथा ओसारपसारका लागि पुर्णरुपमा रोक्का गरि पत्रचार गरिएको गाउँपालिकाले जनाएको छ । खेलमैदान क्षेत्रमा जग्गा प्लटिङ्ग तथा बिक्रि बितरणमा गाउँपालिकाको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ ।
    बहुमत कार्यपालिका सदस्यहरुले नै विभिन्न बहानामा बैठकहरु बिथोलि रहेको आरोप लगाएको छ । सम्बन्धित निकाय सँग छिट्टै छलफल गरि कार्यपालिकाको बैठक तत्काल बोलाईने गाउँपालिकाका अध्यक्ष लोकराज केसीले जानकारी दिए ।

    गत १४ गते कार्यपालिका सदस्य हरुले गाउँपालिकाको कार्यप्रती असन्तुष्टी जनाउँदै आफ्ना माग सहित ज्ञापनपत्र बुझाएका थिए ।
    जेसीबि नाका क्षत्रमा प्रयोगमा ल्याउनु पर्ने, सम्पन्न योजना रकम तत्काल निकासा गरिनुपर्ने, बिब्यस लाई कार्यान्वयन गराउनु पर्ने, खरदरिया घाटको राजस्व गाउँपालिकामा तत्काल जम्मा गरिनुपर्ने, सार्बजनिक जग्गालाई प्लटिङ गरिएको हुँदा तत्काल बन्द गरिनुपर्ने, तत्काल सार्बजनिक सुनुवाईको आयोजना गरिनुपर्ने, ५ महिनादेखी अस्तब्यस्त रहेको कार्यपालिका बैठक तत्काल बोलाउनु पर्ने, गढवा गाउँपालिका र राजपुर बिच भएको सिमा बिबाद तत्काल समाधान गरिनुपर्ने लगायतका माग सहित १९ जना कार्यपालिका सदस्य हरुद्वारा हस्ताक्षेरित ज्ञापन पत्र बुझाईएको थियो ।
    उनिहरुले ५ दिनभित्रमा आफ्ना मागहरु पूरा नभए गाउँपालिकाको कार्यालयमा तालाबन्दी लगाईने चेतावनी समेत दिएका छन् ।

    शुक्रबार, माघ १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ४.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ५.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation