अनिल खत्री, गुल्मी । पुर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कोरोनाको उपचार जनताले नपाइरहेको बेला निर्वाचनको कुरा गर्नु संबिधान बिपरित रहेको बताएका छन् । इस्मा गाउँपालिकाका ३ र ४ का स्वास्थ्यचौकी भवन उद्घाटन गर्दै नेता बिष्टले संबिधानमा नभएको कुरा दुर्भाग्यपूर्ण भएको बताए ।
नेता बिष्टले सरकारलाई जनताले कोरोनाको उपचार नपाइरहेको बेला जनता बचाउने हो की निर्वाचनको कुरा गर्ने हो ? संबिधानमा नभएको कुरा संबिधानलाई कार्यन्वयन गर्ने हो की संबिधान मिच्ने हो प्रतिप्रश्न गरे । संबिधानलाई लत्याएर अगाडी बढन खोजे देशलाई अराजकता तर्फ लैजान खोजिएको बताए ।
सरकारले नागरिकलाई समृद्धिको सपना देखाएर कारोनाको मारमा प्रतिनिधि सभा विघटन गरी निर्वाचनको घोषणा गर्नुले देश दुर्घटनामा जाने बिष्टले बताए । पार्टी भनेको व्यक्ति नभएर बहुमत भएकाले निर्वाचन आयोगले बहुमतको पुरक फैशला गरेको बताए ।
पार्टी दर्ता गर्दा ४४१ जनाको नाम र सूर्य चिन्ह् दर्ता गरेकाले त्यसैलाई मान्यता दिएको नेता बिष्टले तर्क गरे । उनले ३ सय केन्द्रिय सदस्य जहाँ छ त्यहि पार्टी नेकपा रहेको बिष्टले बताए ।
नेपाल कम्युनिष्ट पार्टी भनेको बहुमत जहाँ छ त्यहि रहेको बिष्टले बताए । संविधानमा भएको अभ्यास प्रयोग गरेर जनभावना अनुसारको काम गर्नुको सट्टा देशलाई अनिर्णयको बन्दी बनाउने काममा सरकार उद्धत रहेको बिष्टको बताए ।
संबिधानको रक्षा गर्न सबै इमान्दार बन्नुपर्नेमा जोड दिए । दर्लामचौर स्वास्थचौकी काठमाडौ–सिद्धबाबा जेभीले २ करोड ३४ लाखमा निर्माण गरेको स्वास्थ्यचौकी इन्चार्ज गोकर्ण थापाले जानकारी दिए ।
त्यस्तै दोहली स्वास्थचौकी श्रेष्ठ कन्ट्रक्सनले १ करोड ३१ लाखमा निर्माण सम्पन्न गरेको हो ।
कोरोनाको बेला जनता बचाउने की निर्वाचनको कुरा गर्ने ः पूर्वमन्त्री विष्ट
कोरोनाको बेला जनता बचाउने की निर्वाचनको कुरा गर्ने ः पूर्वमन्त्री विष्ट
Advertisement
तपाईको प्रतिक्रिया