• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ८. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ९. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

ट्राफिक प्रहरीलाई महिनावारी पैसा खुवाएर क्षमता भन्दा बढि मालसामान ढुवानी


  •   आइतबार, पुष ०५, २०७७ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी । नवलपरासी लगाएत अन्य जिल्लामा सञ्चालित ठुला उद्योगहरुमा उत्पादित बस्तु र उद्योगलाई चाहिने आवश्यक कच्चापदार्थ ओसारपसार गर्ने ढुवानी कम्पनिहरुले ट्राफिक प्रहरीलाई महिनावारी पैसा दिएर भारवहन क्षमता भन्दा बढि सामाग्री ढुवानी गर्ने गरेका छन् ।

    Advertisement

    यसरी क्षमता भन्दा बढि ढुवानी गर्ने कम्पनीहरु जगदम्बा ढुवानी सेवा, चिरपरिचित ढुवानी सेवा, अटोवोएज ढुवानी सेवा, दोभान ट्रान्सपोर्ट सेवा, एस के, सहयात्रा, सुकेताल,बावरी, तमन्ना,आलमदेवी, सदिक्षा, एआरएम, नेशनल, शुभलक्ष्मि, मुस्ताङ, दर्लमकाली, सत्यवति सप्लायर्स, सिद्धबाबा मल्टि बिजनेस, मुनाल, डिडि, सिद्धबाबा सप्लायर्स, लगाएत हुन् । ति ढुवानी कम्पनीहरुले विशेषगरि नवलपरासी जिल्लामा सञ्चालित काठमाडौं स्टिल कम्पनी, सर्वोत्तम सिमेन्ट, पाल्पा सिमेन्ट, होङ्सि सिमेन्ट, रुपन्देहीमा सञ्चालित अर्घाखाँची सिमेन्ट, जगदम्बा सिमेन्ट र अग्नि सिमेन्ट कम्पनीहरुमा कच्चापदार्थका साथै उत्पादित बस्तुहरु ढुवानी गर्ने गर्दछ्न । ति उद्योगहरुमा पाल्पाबाट कच्चापदार्थ (चुन ढुङ्गा) ढुवानी गर्ने कम्पनीहरुले दैनिक जसो क्षमता भन्दा बढि सामाग्री ढुवानी गर्नको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पा, ट्राफिक प्रहरी पोष्ट दोभान, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल, ट्राफिक प्रहरी पोष्ट रामनगर, ट्राफिक प्रहरी पोष्ट खैरहेनि र ट्राफिक प्रहरी पोष्ट सुनवलमा महिनावारी रुपमा रकम बुझाउने गरेको नाम नबताउने सर्तमा एक टिप्पर व्यवसायीले बताए ।
    ति ढुवानी कम्पनीहरुले १७ टन भारबहन क्षमताको टिप्परमा ३० टन सम्म सामाग्री ढुवानी गर्ने गरेका छन् । जबकि नेपालमा मुख्य राजमार्गमा गुड्ने ढुवानी साधनको भारवहन क्षमता १७ टन मात्रै अनुमति प्रदान गरिएको छ । त्यस्तै भारतबाट आउने ठुला लहरि साधनको लागि २५ टन सम्मको भारवहन क्षमताको अनुमति दिएपनि ति लहरि साधनले ५३ टनसम्म सामाग्री ढुवानी गर्दै आएको पाइएको छ । भारवहन क्षमता भन्दा बढि सामाग्री ढुवानी गर्नुपर्ने भएमा यातायात व्यवस्था कार्यालयमा निवेदन दिने र यातायात व्यवस्था कार्यालयलद्वारा तोकिएको शुल्क भुक्तानी गरेपश्चात अनुमति दिने व्यवस्था भएपनि त्यो प्रक्रिया झन्झटिलो र खर्चिलो हुने हुँदा ढुवानी सेवा सञ्चालक कम्पनिहरुले सिधै ट्राफिक प्रहरीलाई महिनावारी पैसा बुझाउने र क्षमता भन्दा बढि सामान ढुवानी गर्ने गरेको ति टिप्पर व्यवसायीको भनाई छ ।

    भारवहन क्षमता भन्दा बढि सामाग्री ढुवानी गर्ने साधनहरुलाई ट्राफिक प्रहरीले प्रति साधन १ हजार देखि १५ सय रुपैयाँ सम्म जरिवाना लगाउन सक्ने व्यवस्था छ तर ढुवानी सेवा सञ्चालक कम्पनीहरुले पहिले नै ट्राफिक प्रहरीलाई केहि रकम बुझाई महिनाभरिनै निर्वाध रुपमा सामाग्री ढुवानी गर्ने गरेका छन् । बेलहिया नाकाबाट २० किलोमीटर सम्मको औधोगिक करिडोरसम्म जानका लागि रुपन्देही जिल्लामा मात्र सिमित हुने गरि क्षमता बढि सामाग्री बोकेका साधनलाई जिल्ला प्रशासन कार्यालय रुपन्देही, भन्सार कार्यालय भैरहवा र उद्योग वाणिज्य संघ रुपन्देहीको सिफारिसमा २०७५ सालदेखि छुट दिने व्यवस्था गरेको भएतापनि त्यो अनुगमन र कार्यान्वयन हुन नसक्दा बेलहिया नाक हुँदै दैनिक सयौं सङ्ख्यामा भारवहन क्षमता भन्दा बढि सामान बोकेर आएका साधनहरु नेपालका विभिन्न ठाउँमा सञ्चालित उद्योगहरुमा आउने गरेका छन् ।
    यसरी नवलपरासी जिल्ला हुँदै पूर्व-पश्चिम राजमार्गमा दैनिक ५० देखि ६० वटा सम्म भारबहन क्षमता भन्दा बढि सामाग्री बोकेका सवारीहुरु गुड्ने गरेका छन् । यसबारे लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक डम्बरबहादुर बिक भने आफुहरुले नियमित सवारी चेकजाँच गर्ने र भारवाहन क्षमता भन्दा बढी मालसामान बोक्ने सवारीलाई जरिवाना लगाउने गरेको बताउछन् । उनले भने- ‘हामीले मासिक रुपमा कति टिप्परलाई कार्वाही गरेका छौं, त्यो बारे बुझ्न कार्यालयमा नै आउनु ।’ उनले थपे- ट्राफिकले जरिवाना नगर्ने भन्ने कुरा शुन्य सहनशीलता हो, कुनै ट्राफिकले त्यसो गरेको रहेछ भने नाम तोकेर नै जानकारी गराउनु, म कार्वाही गर्छु ।’ ट्राफिक प्रहरीले सवारी चालक र आम नागरिकसङ्ग सहकार्य गरेर काम गर्नुपर्नेमा आफुहरु सचेत रहेको समेत उनले बताए ।
    यसरि भारवहन क्षमता भन्दा बढि मालसामान बोक्ने सवारीसाधनलाई जरिवाना नगरि ट्राफिक प्रहरीले व्यक्तिगत रुपमा पैसा असुली गर्दा एकातर्फ राज्यलाई लाखौं रुपैयाँ नोक्सानी पर्ने गरेको देखिन्छ भने अर्कोतर्फ सडकको अवस्था नाजुक बन्ने र सवारी दुर्घटना समेत बढ्ने देखिन्छ । यसबारे सम्वन्धित निकायको समयमै ध्यान जान जरुरी छ ।

    आइतबार, पुष ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...