प्यूठानमा कोरोना संक्रमीत ८२ बर्षीय महिलाको मृत्यु

प्यूठान। प्यूठानमा कोरोना भाइरस संक्रमणबाट शुक्रबार थप एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको सरुमारानी गाउँपालिका वडा नम्बर १ बाङ्गेसाल निबासि ८२ बर्षीया महिलाको आज बिहान घरमै मृत्यु भएको हो। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार ती मृतक महिलाको गत मंसिर २७ गते नेपालगञ्जमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उनमा दिर्घ रोगको समस्या थियो । उनलाई केहीदिन अघि घर ल्याईएको थियो।

योसंगै जिल्लामा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Sharing Now!

You might also like

Comments are closed.