पोस्टपेड फोनको बिलिङमा समस्या, कल वान-वे

काठमाडौँ । नेपाल टेलिकमको पोस्टपेड फोनको बिलिङमा समस्या देखिएको छ । यसका कारण मंगलबार रातिदेखि हजारौं पोस्टपेड फोनहरुमा ‘आउट गोइङ कल’ ब्यारियर (वान – वे) भएको छ।

करिब १२ घण्टाभन्दा बढी समय फोनमा समस्या आएपछि टेलिकमका धेरै पोस्टपेड प्रयोगकर्ता पीडित भएका छन् ।

नेपाल टेलिकमका एक वरिष्ठ इन्जिनियरका अनुसार हरेक महिनाको १५ तारिकमा पोस्टपेडको बिलिङ हुन्छ । त्यही क्रममा प्रणालीका आएको समस्याका कारण ब्यालेन्स भएपनि कतिपय फोन ‘वान वे’ भएका छन् ।

Sharing Now!

You might also like

Comments are closed.