• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ५. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ६. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ७. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

आन्दोलन गर्न कपिलवस्तुका उखु किसान काठमाडौ प्रस्थान


  •   मङ्गलबार, मङि्सर ३०, २०७७ मा प्रकाशित
  • कपिलबस्तु। सरकारले दिने अनुदान रकम मिलबाट नपाएको भन्दै कपिलवस्तु किसान सघंका अध्यक्ष अनुप कुमार चौधरीको नेतृत्वमा एक दर्जन किसान काठमाडौ प्रस्थान गरेको जनाएका छन ।

    Advertisement

    सरकारले पटकपटक झुठो आस्वासन दिई ढाटेको भन्दै किसानहरू एक जुट भइ काठमाडौ केन्द्रित आन्दोलन गर्ने तयारी सहित काठमाडौ प्रस्थान गरेका हुन । अन्य जिल्लाका किसान काठमाडौमा आन्दोलन गरेकोले हामी पनि उक्त आन्दोलनमा सहभागी जनाउन जान लागेको सघंका अध्यक्ष चौधरीले जानकारी दिनु भयो ।

    छ वर्ष भइसक्दा पनि कपिलवस्तु जिल्लाका उखु किसानले बिक्री गरेको उखुको भुक्तानी र अनुदान रकम अझै पाउन सकेका छैनन् । शिवराज नगरपालिकाको जवाभारीमा रहेको महालक्ष्मी सुगर मिल ६ वर्षअघि सर्लाही सारियो । तर, ७ वर्षअघि बिक्री गरेको उखु र सरकारी अनुदान बापतको रकम कृषकले पाएका छैनन् । सरकारले ०७१/७२ मा प्रतिक्विन्टल २५ रुपैयाँ उखु कृषकलाई अनुदान दिएको थियो । नौमध्ये सात जिल्लाका कृषकले पाइसके । तर, यहाँका कृषकले रकम पाएका छैनन् । उक्त रकम पाउन पाँच वर्षदेखि आन्दोलित थिए । आठ हजार कृषकको ९ लाख ९२ हजार क्विन्टल उखुको अनुदान बाँकी छ । प्रतिक्विन्टल २५ रुपैयाँका दरले २ करोड ४८ लाख अनुदानको रकम पाउनुपर्ने हुन्छ । ०७१/७२ मा सुगर मिलमार्फत कारोबार गर्ने किसानलाई प्रतिक्विन्टल २५ रुपैयाँ उखु प्रवर्द्धन खर्चबापत अनुदान दिइएको थियो ।

    ०७१/७२ उखु बिक्री गरेको २ करोड ५० लाख बक्यौता र सरकारले ०७१/७२ मा प्रतिक्विन्टल २५ रुपैयाँ उखु कृषकलाई दिएको अनुदान तिर्न बाँकी रहेको कपिलवस्तु किसान संघले जनाएको छ । त्यस्तै ०७२/७३ मा सरकारले उखुको मूल्य ५ सय ३१ रुपैयाँ कायम गरेको थियो । मिलले ४ सय ९२ मा किसानबाट उखु खरिद गरेको थियो । ५ लाख क्विन्टलको १ करोड ९५ लाख रकम पनि पाउन बाँकी छ । सबै गरेर ६ करोड ९३ लाख बक्यौता रहेको किसान संघले जनाएको छ । किसान सघंका अध्यक्ष अनुप कुमार चौधरीले भुक्तानी पाउनका लागि पुर्व अर्थमन्त्री युवराज खतिवडालाई चार पटक भेटे । पूर्वअर्थमन्त्री कृष्णबहादुर महरालाई तीन पटक भेटे । गृहमन्त्री रामबहादुर थापालाई एक पटक भेटे । पूर्वकृषिमन्त्री चक्रपाणि खनाललाई जिल्ला र काठमाडौं गरेर २० पटक भेटे । नवनियुक्त कृषिमन्त्री घनश्याम भुसालसँग भेट्न जाँदा उनीसँग भेट्न नपाएको उनको गुनासो छ ।

    गृहदेखि अर्थ मन्त्रालय दगुर्दादगुर्दै थाके । दबाबका लागि राजमार्ग अवरुद्ध गरे । रिले अनशन बसे । सभासम्मेलन गरेर पटकपटक ध्यानाकर्षण गराए । जिल्लामा २५ पटकभन्दा बढी ज्ञापनपत्र दिए । सुनुवाइ नहुँदा उनी निराश छन् । आन्दोलनका कार्यक्रम गर्दा चार लाखभन्दा बढी ऋण लाग्यो । केही रकम किसानले आफैं उठाए । केही रकम उनीहरूले जम्मा गरेको कल्याणकारी कोषबाट खर्च गरे । ‘विरोधको दबाब बढी परेपछि स्थानीय प्रशासन आएर सहमति गर्छ, रकम निकासका लागि पहल गर्ने भनेर । तर सुनुवाइ हुँदैन,’ उनले गुनासो गरे । अर्थ मन्त्रालयले अनुदानको रकम महालक्ष्मी सुगर मिललाई भ्याटमा पाउने रकमबाट समायोजन गरी दिइसकिएको भन्दै पत्राचार गरेको उनले बताए । मिल सञ्चालक वीरेन्द्र कनौडियाले भने आफूले सरकारबाट भ्याट छुटको रकम मात्र पाएको दाबी गरे । कृषकको अनुदान रकम आफूले नपाएको उनको भनाइ छ । किसानले अनुदानबापतको रकम पाउनुपर्नेमा आफू पनि लागेको उनले बताए ।

    ‘अर्थ मन्त्रालयले भन्छ अनुदान रकम मिललाई दिइसकिएको छ,’ अध्यक्ष चौधरीले भने, ‘मिल सञ्चालक कनौडिया पाएकै छैन भन्छन् ।’ यसले आफूहरू अन्योलमा परेको उनको भनाइ छ ।

    ७ करोड बाँकी
    प्रदेश–५ कांग्रेस संसदीय दलका उपनेतासमेत रहेका महालक्ष्मी सुगर मिल सञ्चालक कनौडियाले उखु किसानलाई करिब सात करोड भुक्तानी गर्न बाँकी छ । कांग्रेसले प्रदेशसभा सभासद कनौडियालाई २०७६ पुस २५ भित्र किसानलाई सबै रकम भुक्तानी गरेर केन्द्रीय कार्यालयमा जानकारी गराउन निर्देशन दिएको थियो ।

    फाईल तस्वीर 

    मङ्गलबार, मङि्सर ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ५.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ६.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    भर्खरै

    • १.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ४.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ६.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ७.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ८.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation