काठमाडौं । नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । कांग्रेसका अमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका केसीको गएराति पोखरास्थित निवासमा ६३ वर्षको उमेरमा निधन भएको हो ।
Advertisement
कांग्रेस कास्कीका सभापति कृष्ण केसीले २०७४ सालमा राप्रपा छाडेर कांग्रेस प्रवेश गरेका केसीमा मधुमेह र उच्च रक्तचापको समस्याबाट पीडित थिए । उनी ०६४ सालमा राप्रपाबाट सभासद पनि थिए ।