कोरोना : ३१ थपिए, प्युठानमा कुल ७२० जना पुगे संक्रमित

कामना डेली, प्युठान। प्युठानमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ११५ को स्वाब परिक्षण हुँदा ३० जनाको र लुम्बिनी प्रादेशिक अस्पतालबाट १ जना गरि ३१ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय प्युठानले बताएको हो।कार्यालयका अनुसार संक्रमित नौवहिनि गाउँपालिका २४ जना, प्यूठान नगरपालिका ३ जना, मल्लरानी गाउँपालिकाका २ जना र झिमरुक गाउँपालिकाका २ जना रहेका छन् । कोरोना संक्रमित ९ देखि ४९ बर्ष उमेर सम्मका ११ महिला र २० जना पुरुष छन।
यो सहित जिल्लाभर संक्रमित हुनेको संख्या ७२० पुगेको छ। १२७ जना संक्रीय संक्रमित जिल्लास्थित विभिन्न आईसोलेशनमा बसिरहेको स्वास्थ्य कार्यालय प्युठानका फोकल पर्सन पुस्कल श्रेष्ठले बताए ।

उनका अनुसार दुइ जना कोरोना संक्रमितको यश अघि नै मृत्यु भइसकेको छ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.