भेरी अस्पतालमा ४२ बर्षीय कोरोना संक्रमितको मृत्यु

बाँके । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बर्दियाको ठाकुरबाबा–६ निवासी ४२ बर्षीय पुरुषको आज विहान ३ बजे मृत्यु भएको हो । यससंगै बाँके जिल्लामा बाहिरी जिल्लाबाट आइ भेरी अस्पतालमा भर्ना भइ उपचाररत अवस्थामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । उनलाई स्वास्थ्यमा समस्या आएपछि असोज १४ गते कोहरपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको १५ गते स्वाब संकलन गरि १६ गते कोरोना पोजेटिभ देखिएपछि कोभिड–१९ युनिटमा भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा केही सुधार आएपश्चात भेन्टिलेटरसहितको थप सुविधाका लागि असोज २७ गते भेरी अस्पताल भर्ना गरिएको थियो ।

उनको आवश्यक सबै खाले उपचार गर्दा गर्दै आज विहान ३ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेको प्रेस नोटमा उल्लेख छ ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.