कोरोनाबाट पोखरामा थप एक जनाको मृत्यु

पोखरा । पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–१७ का ४७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट असोज ३० असोज ३० पोखराको चरक मेमोरियल अस्पतालमा ज्यान गएको हो । उनलाई असोज २३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ४९ पुगेको छ । यता पोखरामा थप २३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखरामा थप २३ जनालाई संक्रमण पुष्टि भएको हो । पोखराका २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ३५ र ४९ वर्षीय पुरुष हुन् । उनीहरु कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।
पोखरामा आज बिहान समेत ३० जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ हजार ५ सय ७७ पुगेको छ ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.