थप ३ हजार ५५६ जनामा कोरोना पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख १५ हजार ३५८ पुगेको छ । उनीहरुमध्ये ६६३ जनाको मृत्यु भएको छ।

गत २४ घण्टामा देशभरका प्रयोगशालामा १५ हजार ५७७ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको प्रवक्ता डा। गौतमले बताए । पछिल्लो २४ घण्टामा कोरोना निको भएर थप १५०३ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन्, भने अहिलेसम्म कोरोना निको हुनेको संख्या ७८ हजार ७८० पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा ४ हजार ७९५ जना रहेका छन्।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.