• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ८. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ९. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

तत्काल निर्बाचन गराउन नेपाली जनसम्पर्क समिती क्यानडाद्वारा कांग्रेसको ध्यानाकर्षण


  •   बुधबार, असोज १४, २०७७ मा प्रकाशित
  • शिव राज खनाल, दाङ । नेपाली जनसम्पर्क समिती क्यानडाले तत्काल निर्वाचनका लागि बाताबरण श्रीजना गर्न नेपाली काङ्ग्रेसलाई ध्यानाकर्षण गराएको छ ।
    उक्त समितीको पूर्व पदाधिकारीहरुको भेलाले समितीको निर्वाचनका लागि केन्द्रीय प्रतिनिधी खटाइदिन ध्यानाकर्षण गराएको हो । समितिले काँग्रेस केन्द्रीय समिति र विभिन्न उपसमितीहरुलाई ध्यानाकर्षण पत्र लेख्दै अघिल्लो पटक निर्वाचित भएका पदाधिकारीहरुको कार्यकाल सकिएको र निर्वाचन गर्नका लागि केन्द्रीय प्रतिनिधि खटाइदिन पत्रमा उल्लेख गरेको छ ।
    कामना डेलीसंग संवाद गर्दै गत अगष्टमा नै पदाधिकारीहरुको कार्यकाल सकिँदा पनि पार्टीले भातृ संगठन नेपाली जनसम्पर्क समिती क्यानडाको निर्वाचनप्रति खासै चासो नदेखाएकोले पूर्व पदाधिकारीहरुको भेला राखिएको समितीका पूर्व महामन्त्री निरञ्जन थापाले बताए ।

    Advertisement

    नेपाली काँग्रेसको बिधानको परिच्छेद ५ को धारा ३ अनुसार भातृसंगठनको नियमित अधिवेशनको लागि नेपाली काँग्रेसलार्इ सन्तुलित निर्वाचन समिति गठन गरि बिवाद समाधान गरि निर्वाचन सम्पन्न गर्नको निमित्त केन्द्रीय प्रतिनिधि खटाउँनु पर्ने व्यवस्था छ । नेपाली जनसम्पर्क समिति क्यानडाको सन् २०१८ को अगस्ट २८ मा अधिवेशन सम्पन्न भएको थियो । काँग्रेस केन्द्रीय समितिले जो सुकैलाई निर्वाचन समितिको संयोजक तोकिदिएपनि समितिलाई स्वीकार्य हुने बताइएको छ । त्यस्तै समितिले ध्यानाकर्षण पत्रमा विभिन्न मागहरु प्रस्तुत गरेको छ । जनसम्पर्क समितिले उक्त मागहरुलाई उच्च चासो दिई उचित सम्बोधन गर्न पनि नेपाली काँग्रेसलाई आग्रह गरिएको छ ।

    ध्यानाकर्षण पत्र यस्तो छ

    श्रीमान पार्टी सभापति ज्यु,

    नेपाली काङ्ग्रेस,केन्द्रिय कार्यलय,

    सानेपा,काठमाडौं

    बिषय: ध्यानाकर्षण गराएको बारे |

    महोदय,

    उपरोक्त सम्बन्धमा यो छ की, हामी नेपाली काङ्ग्रेसमा आस्थावान भइ प्रवासी जिवनमा पनि लोकतान्त्रिक आधारमा अडिक रहि रास्ट्रियता ,लोकतन्त्र र समाजबादको सिद्धान्तमा कटिबद्ध भयेर हिंडी रहेका छौं। गौरवमय ईतिहास बोकेको पार्टीको भात्री संगठन नेपाली जनसम्पर्क समिती क्यानडाको मुल भुत समस्याको बारेमा यहालाइ यश पत्रका साथ ध्यानाकर्षण गराउदछौ ।नेपालमा रहदा नेपाली काङ्ग्रेसको संगठनको विभिन्न तह र तप्कामा रही हामीले सक्दो सेवा गरेका थियौ ।।

    अतः हामी लोकतान्त्रिक आस्थावान ब्यक्तिहरुको मिति सेक्टेम्बर १९, २०२०मा नेपाली जनसम्पर्क समिती क्यानडा(NPRC)का पूर्व अध्यक्ष अन्जानी भट्टराईज्युको अध्यक्षतामा बसेको भेलाले केही प्रस्ताव उपर छलफल गरि निम्न निर्णयहरु गरेका छौ।

    १: नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य श्री दिपक गिरिज्युले क्यानडाको भ्रमण गर्ने क्रममा २८ अगस्ट २०१८मा जनसम्पर्क समिती क्यानडाको गराउनुभएको भनिएको अधिबेशनलाई पार्टीले आधिकारिकता दिएकोमा जनसम्पर्क समिती क्यानडाको उक्त म्याद सकियको हुनाले नेपाली काङ्ग्रेसको बिधानको परिच्छेद ५को धारा ३ बमोजिम नियमित अधिबेशनको लागि नेपाली काङ्ग्रेसलाइ सन्तुलित निर्वाचन समिति गठन गरि बिवाद समाधान गरि निर्वाचन सम्पन्न गर्नको निमित्त केन्द्रिय प्रतिनिधि खटाइदिनु हुन बिनम्र अनुरोध गर्दै केन्द्रिय सभापति लगायत सम्पूर्ण कार्यसमितिमाझ ध्यान आकर्शण गराउन चाहन्छौ।

    २: बर्तमान जनसम्पर्क समितीले सबैलाई समेटेर अगाडि बढ्न नसकेकाले गैर आवशिय नेपाली संघ क्यानडामा निरन्तरको पराजय र कम्युनिस्टहरुको दब्दबाको सिकार आम काड्रेसिहरु भएको ब्यहोरा यँहा समक्ष ध्यानाकर्षण गराउदछौ।

    ३: जन सम्पर्क समितिको समन्वय बिभाग प्रमुख आदरणीय श्री गोबिन्द भट्टराईज्युलाई येँहाको बिवादको बिषयमा बिभिन्न माध्यम बाट पटक पटका जानकारी गराइसकेको ब्यहोरा जान्कारि गराउँदछौ।

    ४:हामी सम्पुर्ण क्यानडा बासी काड्रेसीहरुको एजेन्डा एउटा सकृय जनसम्पर्क समिती बनोस जस्ले नेपाली काङ्ग्रेसको गौरवमय इतिहासलाई कायम राख्दै बिदेशमा पनि नेपाली काङ्ग्रेसको छवि उज्ज्वल बनाइराख्न सम्पुर्ण लोकतान्त्रिक आस्थावानहरु पार्टीप्रती आकर्सित भैरहुन नै हो।

    ५:अन्त्यमा, यहाँ जो सुकैलाइ निर्वाचन समितिको सम्योजक तोकिएपनी हाम्रो पुर्ण समर्थन रहनेछ भन्दै हामीले उठाएका बिषयप्रती उच्च चासोको रुपमा लीई तदारुक्ताका साथ हाम्रा मागहरुलाई उचित सम्बोधन गर्नु हुनेछ भन्ने बिश्वास लिएका छौ। हाम्रो मागहरु आग्रहको रुपमा रहेका छन तर यसलाइ हाम्रो कमजोरिको रुपमा परिचित नगराइयोस अन्यथा हामी सम्पुर्ण उपस्थित ब्यक्तिहरु नेपाली काङ्ग्रेस प्रती सदैव बफादार , निष्ठावान रहने तर पार्टीको सम्पुर्ण कृयाशिल सदस्यता,साधारण सदस्यता त्यागी कुनै पनि किसिमको पदिय जिम्मेवारीमा नबस्ने जान्कारी गराउदछौ ।

    समितिले बोदार्थमा …

    बिमलेन्द्र निधी, उप सभापति, नेपाली काङ्रेस

    बिजय गच्छादार, उप सभापति, नेपाली काङ्रेस

    डा.शशांक कोइराला,महामन्त्री, नेपाली काङ्ग्रेस

    पूर्ण बहादुर खड्का,महामन्त्री, नेपाली काङ्रेस

    गोपालमान श्रेष्ठ, केन्द्रिय सदस्य, नेपाली काङ्रेस

    मा .बाल कृष्ण खाड, प्रमुख सचेतक ,नेपाली काङ्रेस

    गोबिन्द भट्टराई, सम्योजक, जनसम्पर्क समिती समन्मय बिभाग

    समितिले नेपाली काङ्ग्रेसको केन्द्रिय कार्यलय सानेपालाइ पत्राचार गरि ध्यानाकर्षण गराएको हो।

    बुधबार, असोज १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation