• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

  • ४. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ५. शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

  • ६. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ७. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ८. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ९. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • १०. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

महिला हिसाँ : राजनीतिक संरक्षण मुख्य कारक


  •   शनिबार, असोज १०, २०७७ मा प्रकाशित
  • आजभोलि नेपाल लगायत अन्य पश्चिमी राष्ट्रहरुमा पनि महिला यौन हिंसात्मक कार्यहरू धेरै भैरहेका छन् । यो वा त्यो वाहानामा महिलाहरू माथि यौन शोषण गर्ने कार्यहरू बढ्दै गइरहेका छन् । बच्चा हुन या बृद्ध महिला। सुरक्षित छैनन् । सार्वजनिक यातायातमा यात्रा गर्दा होस्,कुनै कार्यालयमा कार्य गर्दा होस्, लामो दूरीको यात्रा गर्दा होस्,घरमा एक्लै बस्दा होस् जे गर्दा पनि महिलाहरू सुरक्षाको प्रत्याभूत गर्न पाइरहेका छैनन् । अझ कोरोना भाइरसले गर्दा स–परिवार घरमै हुने,त्यसमाथि सम्पुर्ण कार्यहरू महिलाले नै गर्नुपर्ने भएकोले कार्यभार पनि बढ्दैछ । त्यसमाथि विवाहित महिलाहरु पनि यौन हिंसाका सिकार बनिरहेका छन् । विवाहित बलात्कारका घटना र उजुरीहरु बाहिर नआएका पनि होईनन् । कामको भार उस्तै, जबर्जस्ती यौन सम्बन्ध राख्नैपर्ने श्रिमानको प्रस्ताव विवाहित महिलाहरूमा देखिएको हिंसात्मक घटना नै हो । अन्य बालिका, किशोरी,महिलाहरु पनि आफ्नै परिवारका सदस्य तथा अन्य पुरुषहरुबाट यौन शोषण, जबर्जस्तीकरण, सामुहिक बलात्कार जस्ता हिंसाको सामना गरिरहेका घटनाहरू दिनानुदिन बढ्दै गइरहेका छन् । बलात्कार शारिरीक सम्बन्धलाई मात्रै भन्न मिल्दैन। तिमी पुरुष हौ भने,बाटोमा हिडिरहेको बेला, यात्रा गरिहेको बेला होस् वा अरु अवस्थामा महिलाहरुलाई गर्ने व्यवहार, छुने तरिका,बोल्ने अश्लील शब्दहरु पनि मानसिक तनावमा पर्छन् ।यस्ता घटनाहरुलाई मानसिक रुपमा गरिएको बलात्कार हो भनेर बुझ्न जरुरी छ।
    आर्थिक वर्ष २०७६ चैत्रदेखी मिती २०७७/६/९ गतेसम्म प्युठानमा जबरजस्ती करणकीका ८ वटा घटनाहरु दर्ता भएका छन् । जसमा वैशाखमा १, जेष्ठमा १, असारमा १ र भदौमा ५ वटा घटनाहरु जिल्ला प्रहरी कार्यालय प्युठानमा दर्ता भएका छन्। त्यस्तै जवरजस्ती करणी उद्योगका घटना असार र भदौ महिनामा १/१ जना गरि लकडाउन अवधिमा २ वटा दर्ता भएका छन् । लकडाउनकै अवधिमा यसरी महिलाजन्य घटना घटिरहेका छन्। पहुँचमा रहेका ब्याक्तिहरुले जुनसुकै घटनालाई पनि सामान्य रुपमा सोचिरहेको आकलन गर्न सकिन्छ । तीनमा महिला यौन हिंसाका घटनालाई गम्भीरतापूर्वक नियाल्ने समय छैन । देशमा कहाँ कहाँ कसको बलात्कार भयो, कहाँ महिलाहरु माथि हिंसात्मक घटना भयो, के कस्ता जटिल र अकल्पनीय घटनाहरू भैरहेका छन्, भन्ने जानकारीका लागि समाचारको प्रतीक्षामा हुन्छन् आम सर्वसाधारण जनताहरु जस्तै । छिटोछिटो घटनाहरु पत्ता लगाएर समाधानका विकल्प खोज्नु त कहाँ हो कहाँ, कहाँ कति लाभ हुन्छ, कुन राजनीतिक दलको कार्यकर्ता हो हिंसा गर्ने व्यक्ति भन्ने मै ध्यान केन्द्रित हुंदा कतै न्यायको पाटो नै मिचिएको भान पर्न थालेको छ। हामी सिधासाझा जनताहरु सडकमा आन्दोलन गरेर दोषी कार्वाही हुन्छ कि,धर्ना बसेर न्याय मिल्छ कि, अनसन बसेर हाम्रो माग सम्बोधन गर्छ कि ! भन्दै यस्तै गतिविधि गर्न बाध्य हुन्छौं ।

    Advertisement

    अरु विकल्प के होला सोच्नै छाड्यौ हामी नेपाली जनताहरुले।

    तर हामीले यतिका कष्ट गर्दा के पाइरहेका छाँै, याद गर्नु भएको छ ? आश्वासन । कति सजिलोसँग दिन्छन् , आश्वासन याद गर्नु भएको छ ? हामी आश्वासन कै लागि मरिहत्ते गरेर सडकमा आन्दोलन गरेको जस्तै गरी । अझै जनतालाई भ्रममा पारिरहेका छन् । हामीले न्याय दिलाउन कुनै कदम छोड्ने छैनौं भन्छन् नि । अरे बाबा । अब अगाडि नै कदमलाई फरक बाटोमा हिडाएपछि अब हामीलाई कदम अगाडि बढाउने कामले न्याय भेट्टिन्न भन्ने थाहा भयो । जनतालाई अबुझ ठान्नेहरुलाई के थाहा, उनीहरुलाई भन्दा घटनाको जानकारी जनताहरुलाई नै छिटो भइरहेको हुन्छ भनेर ।अहिलेको अवस्थामा हिंसात्मक घटना भन्दा पनि स्वास्थ सेवामा ध्यान दिनु पर्ने रे । अरे। के नेपालका न्यायाधीशहरु, नेताहरू, अन्य व्यक्तित्वहरु सबैजना स्वास्थ्य सेवा दिनलाई स्वास्थ्य कर्मी जसरी खटिरहेका छन् र ? सबैको कार्य क्षेत्रहरु छुट्याइएको छ । कुनै अपवादमा स्वास्थ्य संस्थाहरुसम्म लैजाने कार्य, क्यारेन्टाइनहरुको व्यवस्थापन कार्य त भइरहेका होलान् तर २४ घण्टा डाक्टरजस्तै बनेर अस्पताल अहिलेसम्म राजनितिक दलका व्यक्ति बसेका त छैनन् नि ! मलाई यस विषयमा जानकारी छैन् । अपराध गर्नेले सजाय र गल्ति गर्ने माफीको भागिदार हुनुपर्छ । हाम्रो नेपालमा त कुनै राजनिति दलको कार्यकर्ता भएर हिडेपछि, ती व्यक्तिहरुले गल्ती गर्दा माफी त माग्नु पर्दैन । के को सजाय पाउछ भनेर म विचरा बुबुरो हेरिरहेछु ।

    नेपालका राजनिति दलहरुको ठुलो कमजोरी अपराधीहरुलाई लुकाउनु हो।

    पछिल्लो राजनीतिक परिवर्तनपछि दण्डहीनता मौलाएको छ। गैरकानुनी क्रियाकलाप र त्यसमा संलग्न व्यक्तिलाई कर्मका आधारमा कानुनी दायरामा ल्याउने,सजायको भागी बनाउने र पीडितले न्याय पाउने अवस्था धेरै टाढा पुगेको छ। शक्तिको आडमा अपराध भईरहेका छन। त्यसैले, पीडितले न्याय पाउने स्थिती छैन।अहिले सबैको अनुहार पुस्तिका भरि, बाइकको अगाडि,प्रत्येक प्रहरी चौकीहरुको भित्ताहरुमा,प्रत्येक पसलमा निर्मला हत्याकाण्डको न्याय मागिरहेको जस्तै गरेर‘सरकार भेटियो,न्याय भेटिएन’ भन्ने पोस्टरहरु राखेका छन् । तिनीहरु साच्चिकै अन्याय विरुद्धमा छन् त ? अहँ मलाई लाग्दैन, अरुलाई देखाउन र अभियान्ताहरुको प्यारो बन्नलाई, पिडित पक्षहरुको नजरमा राम्रो बन्नलाई त्यसो गरेका व्यक्तिहरू पनि धेरै छन् । सडकमा उत्रिएका सबैको मनमा पूर्णत ः सकारात्मक सोंच छ भन्न मिल्दैन । फेरि सकारात्मक छेैन भन्दैमा नकारात्मक भन्न पनि मिल्दैन । समाजका वृद्दिजिवी भनाउदाँका घरहरूमा जसरी परिवारका हरेक महिला हिंसाका सिकार भैरहेका हुन्छन् । त्यसरी पनि नियाल्न जरुरी छ,यो अभियानमा लागेका अभियान्ताहरुलाई । बाहिरी न्यायको खोल ओढेर भित्री रुपमा अपराधगर्नेहरू पनि यो अभियानमा संलग्न छन् । त्यसैले अब बलात्कार जस्ता अपराध न्युनिकरण गर्नको लागि राजनिती दलहरुले संकल्प गर्नै पर्छ। अपराध गर्नेलाई दलिय संरक्षण कायम रहिरहे यहाँ कोहि सुरक्षित रहने स्थिती देखिन्न। पीडितले न्याय पाउने छैन्न। कानुनी राज्यको उपहास हुने छ। हामीहरूले उठाउने गरेका कदमहरु कुन गलत र कुन सहीभन्ने निक्यौल निकालेर अगाडि बढ्नु हाम्रो जिम्मेवार हो । यसरी न्याय मागिरहेको गलत छैन ? सोचिरहेका त छैनौं? हजारौंको सोचमा निर्मलालाई न्याय दिनुपर्छ भन्ने हुदाहुदै न्यायपालिकामा नभएको हो त? राष्ट्रपति जस्तो गरिमामय पदमा महिला हुदाहुदै यस्तो हत्याकाण्डलाई गम्भीरतापूर्वक नलिनुमा उनको गल्ती मान्ने कि अपराध ।

    जुनसुकै व्यक्तिले गल्ति गर्छ भने माफ माग्नुपर्छ र अपराध गर्छ भने सजाय पाउनैपर्छ ।

    हाम्रो सिद्धान्तले पनि हामीलाई यहीँ सिकाउछ । हामी नेपालीहरू अरुको आलोचना गर्नमा धेरै खप्पिस छौँ । राम्रो होस् वा नराम्रो होस् ।आलोचना नगरी हामीलाई निद्रै आउदैन । केही उपलब्धि पाएका छैनौं । भन्नलाई गर्नै नसक्ने कुराहरू पनि सजिलै भन्दिन्छन् हाम्रा देशका उच्च पदमा रहेका,व्यक्तिहरू । बनाएको कानुन त राम्रोसँग प्रयोग गरेर समस्याको समाधान गर्न सक्दैनन् । अझ ठुला कुरा कसको लागि होला ? जसरी १३ बर्षिय बालिका निर्मला पन्तको कञ्चन्पुरमा मिती २०७५/४/१० गते सामुहिक बलात्कार पछि हत्या भयो । त्यसरी नै अरु बालिकाहरुको पनि हत्या भैरहेका छन् । मिति २०७७/६/९ गते बझाङको मष्टा गाँउपालिका वडा नं २ की १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या भएको खबर पनि संचार माद्यम मार्फत बाहिर आएको छ । आज निर्मलाले न्याय नपाउनु भनेको भोलि तपाईं हामी अनि हाम्रै समाजका चेलिबेटीहरुलाई बलात्कार गर्न हौसला प्रदान गरिरहेको जस्तै हो । सबैले सम्मान गर्न सिक हरेक बालिका,किशोरी,युवती र महिलाहरूलाई । निर्मलाको घरमा गएर सात्वना दिने व्यक्तिहरु धेरै कम थिए जति सडकमा उत्रिएका थिए । उनको परिवारलाई कस्तो असर भयौं होला भनेर सोच्नुको साटो सडकमा उभिएका हामीले केही पाएनौं । पायौँ त केवल आश्वासन ! त्यसैले राम्रो बाटो हामीले खोजौँ । यस्ता घटनाहरु न्यूनीकरण गर्नका लागि हामीले सुचनाहरु छिटोभन्दा छिटो सम्बन्धित निकायमा जानकारी गराई सक्दो सहयोग गरौँ । अन्त्यमा, तपाईं हामी मुकदर्शक नबनौँ। बलात्कारविरुद्धको अभियानमा साथ दिऔँ ।

    लेखक : पुजा भुसाल, प्युठान।
    राष्ट्रिय युवा परिषद् प्रदेश न. ५ युवा सञ्जाल सदस्य

    शनिबार, असोज १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै

    • ४.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ५.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ६.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • २.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ३.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ५.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ६.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ७.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • ८.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation