बाँके। बाँकेमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ निवासी ५९ वर्षका पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकले जनाएको छ । उनी राष्ट्र सेवक कर्मचारी समेत हुन । नेपालगन्ज उपमहानगरपालिकाको जिन्सि शाखामा कार्यरत ति पुरुषको गएराती ८३० बजेको मृत्यु भएको हो ।स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्शन नरेश श्रेष्ठका अनुसार गत भदौ १५ गते दिउसो ३ बजे कोरोना संक्रमण पुष्टि भएका उनी सेल्फपेड आईशोलेशन न्यु इन्द्रेणी होटेलमा आइसोलेसनमा बसेको बेलामा उनको अवस्था विग्रदै गएपछि १८ गते पौने ३ बजे नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरी उपचार सुरु गरिएको थियो ।ती संक्रमित पुरुषमा ३ वर्ष अघिदेखि मधुमेह र ५ वर्ष अघिदेखि मुटुको रक्त नलि बन्द हुने समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ ।यससँगै बाँकेमा मात्र कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।