काठमाडौँ । रुपन्देहीमा गत २४ घण्टामा थप ७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
Advertisement
मंगलबार थपिएका संक्रमितमध्ये ४३ पुरुष र ३० जना महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ। थपिएका संक्रमितहरुमध्ये बु्टवल उपमहानगरपालिकाका ३१, तिलोत्तमा नगरपालिकाका २०, सिद्धार्थनगरका ५, देवदहका १, रोहीणी गाउँपालिकाका १५ र सियारीका १ जना रहेका छन् । यससँगै संक्रमितको संख्या १ हजार ७४ जना पुगेको छ भने ४ सय ३५ जना निको भएका छन् ।
जिल्लामा कोरोनाका कारण हालसम्म १० जनाको मृत्यु भएको छ ।