काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ ।
Advertisement
मन्त्रालयले हाल ५ हजार ५ सय लिदै आएको शुल्क घटाएर ४ हजार ४ सय बनाएको हो ।यो शुल्क आइतबार देखी नै लागु भउको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले बजारमा किटको मूल्य घटेका कारण परीक्षण शुल्क घटाईएको बताउनुभयो । हाल देशभर ४५ सरकारी र ११ निजी प्रयोगशलाबाट पीसीआर परीक्षण हुदै आएको छ ।
जसमा सरकारी प्रयोगशलाहरुमा भने निशुल्क र सात प्रदेशका १/१ प्रयोगशला,उपत्यकाका २ र ११ निजी प्रयोगशलाबाट भने सशुल्क परीक्षण हुदै आएको छ ।