काठमाडौँ। नेपालमा थप ८ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
आइतबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ८ सय १८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।यससँगै संक्रमितको संख्या ३१ हजार ९ सय ३५ जना पुगेको छ । त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप २ सय ८१ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या १८ हजार ६ सय ३१ पुगेको छ ।हाल देशभर १३ हजार १ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ८ हजार २६ जनाको पीसीआर परीक्षण भएको थियो ।
त्यस्तै,मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १ सय ४९ जना पुगेको मन्त्रालयले जनाएको छ ।
Advertisement