अर्घाखाँची । अर्घाखाँचीमा थप १२ जनामा कोरोना पुष्टि भएको छ।
अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमका अनुसार सन्धिखर्क नगरपालिकाका ६,भुमिकास्थान नगरपालिकामा ४ जना र मालारानी गाउँपालिकाका २ जनामा कोरोना देखिएको हो।जसमध्ये अर्घाखाँची अस्पतालमा कार्यरत दुइ जना स्वास्थकर्मी समेत छन। उनिहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र प्रादेशिक प्रयोगशाला भैरहवामा कोरोना पुष्टि भएको हो। योसंगै जिल्लामा सक्रिय संक्रमितको कुल संख्या १६ पुगेको छ ।
Advertisement