• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ७. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ८. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

‘बाबुराम’को लाखौको गाईपालन बिस्थापित हुने अबस्थामा


  •   आइतबार, साउन २५, २०७७ मा प्रकाशित
  • स्मृती घर्ती मगर, प्युठान। प्युठान नगरपालिका-७ का कृषक बिनोद थापा ‘बाबुराम’ ले गाई फर्म संचालन गरेको दस बर्ष भयो। उहाँले यो पेशामा गरेका संघर्ष र दु:ख अनुसारको सफलता नपाएको भन्दै अहिले यो पेशाबाट टाढिनु पर्ने अबस्था आएको बताउनु भयो। दस बर्ष अघि पाँच वटा गाईबाट संचालन गरेको फर्म अहिले १०/१२ वटा हुँदै १७/१८ सम्म पुगेर समाप्त हुने अबस्थामा छ। सुरुवाती चरणमा बैंकबाट ३ लाख ५० हजार, साथीहरु र अन्य साहुबाट ५ लाख भन्दा बढी ऋण लिई करिब ८ लाखको हारहारीमा गाई फर्म संचालन गरेको थापाको भनाई छ।
    लकडाउनको समयमा दानाको अभाव भएको र सरकारबाट आफुले पाउनु पर्ने अनुदान नपाएपछी आफुलाई फर्म संचालन गर्न सकस परेको भन्दै आफुसंग फर्ममा भएका गाई सबै बेच्नु पर्ने अबस्था आएको कृषक थापाको भनाई छ। उहाँले भन्नुभयो, ” मैले निकै संघर्ष र दु:ख गरेर फर्म संचालन गरेको थिए। अब त्यही फर्मबाट टाढा हुनुपर्ने बाध्यता आएको छ। लकडाउनको बेला गाईलाई चाहिले दाना पाउन पनि गाह्रो भयो। यस्तो अबस्थामा मैले उनिहरुलाई कसरी पाल्ने?”
    उहाँले आफ्नो दु:ख सुनाउदै आफुलाई स्थानीय तहले पनि कुनै सहयोग नगरेको बताउनु भयो। ” मैले अनुदानकै लागि स्थानीय तहको निकै चक्कर काटे तर मलाई अनुदान दिइएन। मैले मेरै छोरोलाई पनि कृषि संबन्धी बिषय पढाएर सबै परिवार यसै पेशामा लागि जिल्लामा एक सफल कृषक परिवार भनेर चिनिन्छु अनि नगरपालिकालाई मेरै फर्मबाट दुध पुर्याइ आत्मनिर्भर बनाउछु भन्ने लक्ष्य लिएर फर्म संचालन गरे तर स्थानीय निकायबाट कुनै पनि साथ पाएन।” उहाँले भन्नुभयो, “स्थानिय सरकारबाट तालिम, परामर्श, अबलोकन अनि थप अनुदानको आस गरेको थिए, तर भएन। यदि स्थानीय सरकारले यत्ती गरेको भए मलाई पनि हौसला र सहयोग हुने थियो। र यो पेशामा थप अग्रसर हुने थिए होला।” उहाँका अनुसार आफु जस्ता वास्तविक कृषक सरकारी अनुदानबाट बन्चित भएको बताउनु भयो।
    आफु गाई पालेरै केही गर्छु भन्ने सोचका साथ यो पेशामा लागेपनी कहिँ-कतैबाट साथ सहयोग नमिलेपछी आफ्नो मनोबल गिरेको थापाको भनाई छ। आफ्नो फर्मबाट उत्पादन गरेको दुध जम्मा प्रतिलिटर ५५ रुपैयामा डेरिलाई उपलब्ध गराउनु पर्ने र डेरिले सोही दुध ८०/९० रुपैयाँमा बेच्ने गरेको बताउनु भयो। यसरी आफुले दुधबाट पनि घाटा ब्यहोर्दै आएको उहाँको भनाई छ।
    गाई फर्म सङ्गै थापाले माहुरी, कुखुरा, बाख्रा र भैंसी पनि पाल्दै आउनु भएको छ। फर्ममा रहेका सबै गाईहरु बेचिसकेको र बाँकी तीनवटा गाईलाई पनि छिट्टै बेच्ने उहाँले बताउनु भयो। यदि स्थानिय सरकारले ब्यबस्था मिलाइदिन सके यी गाईहरु बेचेर आएको पैसाबाट धेरै दुध उत्पादन गर्ने गाईहरु भारतबाट ल्याई पुन: ब्यबस्थित गरि गाई फर्म संचालन गर्ने र यो पेशालाई आधुनिकीकरण गर्ने उहाँको सोंच छ।

    Advertisement

    आइतबार, साउन २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६

    भर्खरै

    • १.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • २.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ४.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ५.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ६.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ७.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ८.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation