काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पर्साको वीरगन्जस्थित माइस्थानका ७० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको बताए ।
प्रवक्ता डा. गौतमका अनुसार स्वास प्रस्वासमा समस्या आएपनि उनी नारायणी अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको उनले बताए । योसँगै नेपालमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।
Advertisement