प्युठान । क्यान्सरको उपचार गर्दै गर्दा आर्थिक स्थिति नाजुक भएपछि क्यान्सरका विरामी राजेश भण्डारीले सहयोगका लागि आग्रह गरेका छन् । प्युठान जिल्ला ऐरावती गाउँपालिका वडा नं ४ हर्नाघाटका भण्डारी बिगत केही दिन पहिला भरतपुर क्यान्सर अस्पताल आएका थिए ।
बायाँ खुट्टाको पैदलामा क्यान्सर प्रमाणित भएपछि असार २२ गते चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचारको लागि आयका उनी सानो ५ बर्षको उमेरमा खुट्टा पोलियको थियो । अहिले भारतमा काम गर्ने क्रममा सुरुमा खटिरा जस्तो देखियको र पछि अस्पताल जचाउदा क्यान्सरको संका गरेको पिडित भण्डारीले बताए । भारतमा पेशाले ड्राभर काम गर्ने र काम सेफ्टी कम्पनीमा काम गर्ने भयकोले जति खेर पनि जुत्ता लगाइराख्नु पर्ने भयकोले खुट्टामा घाउ हुन गयको उनले बताए । भारतमा उपचारको क्रममा भारतीय रुपैयाँ ३ लाख जति खर्च भइसकेको उक्त रकम आफन्तीहरु बाट ऋण काटेर उपचार गरेको उनि बताउछन ।आर्थिक स्थिति कमजोर भएका भण्डारीको बाबु पनि नभयको र आफू जेठो छोरो भयको कारणले गर्दा घरको जिम्मेवारी र भाइलाइ पढाउन आफू भारतमा नोकरी गर्न गयको तर आफू उल्टै समस्यामा परि फर्केको दुखेसो पोखे ।
हर्नाघाट निवासी किसन जिएमको अगुवाइमा गाउँ बाट २८ हजार जति सहयोग जुटेको र त्यही सहयोग रकम लियर उपचार गर्न यहाँ अस्पताल आयको पीडित भण्डारीको श्रीमती सीता भण्डारीले बताइन् । डक्टरको सल्लाह अनुसार अप्रेशन गरि खुट्टा काट्टनु पर्ने भयको र अप्रेशनको लागी प्रयाप्त खर्च नहुदा सहयोगको अपिल गरेका हुन् ।
उपचारका लागि रकम अभाव भएपछि विरामी अहिले क्यान्सर अस्पतालको हस्पिसमा छटपटाई रहेका छन् । सहयोग गर्न चाहने दात्रि निकाय, व्यक्ति संघ संस्थाहरुले विरामीका श्रीमती सीता भण्डारीको सम्पर्क नम्बर ९८०९८३४४५५ वा भाइ दिपक भण्डारी ००९७७-९८११५७८३०९ सहयोगको आग्रह गरेक छन् ।