बिजय बिश्वकर्मा ‘ ‘कृष्ण’ । ९/१० पढने ताका कहिले बिहान अध्यारैमा त कहिले साझ टयुसन जानुपर्थ्यो । टाढा घर हुनेलाइ समय छनौटको सुबिधा थियो । हामी स्कुलको नजिक हुनेलाइ बिहान छिटो वा साझ राती समय मिलाइन्थ्यो । हाम्रो घर नजिक टुनिखोला छ । खोलामा बडेमानको टुनिको रुख भएको हुदा नाम टुनिखोला रहेको हो । स्कुल जाने नहुदासम्म हामी आबैसङ्ग भुलिम । यसो भनम न आमाहरु( जेठिया, साहिल्या सहित) बनपात र मेलापात जादा हाम्रो धराले आबै भैन । वल्तिर, पल्तिर, मात्थिर सबैतिरका केटाकेटी भएपछि आबैलाइ अलि दुख दिइयो होला । दुख दिदा आबैले भुतको कुरा सुनाउथिन । हाम्री आबैका अनुसार टुनिखोलामा ठुलो भुत बस्छ । धेरै कराउने रुने गर्ने भनेको नमान्ने हो भने मैले त्यही भुत बोलाइदिन्छु भनेपछि हामी चुप लागिन्थ्यो । स्कुल नजाने उमेरमा दिमागमा पसेको भुतको छाप स्कुले पढाइ सकिने बेलासम्म रहिरहयो । अध्यारोमा टयुसन जादा आउदा जातिबिती डर लाग्ने । मैले खरिको रुखलाई पनि भुत देख्थे, काभ्राको रुख, बासको झ्याङ्ग, खोलामा अडिएका ढुङ्गा सबैमा भुत बसेजस्तो देख्थे सोच्थे ।
अहिले कुर्चिमा बस्नेहरुलाइ पनि मलाइ जस्तै भएको छ । कोरोनाको महामारी? मा ८० दिनसम्म जनता लकडाउन सहेर बसे । लकडाउन खुकुलो हुनसाथ देशैभरी युवाहरु सेतो पम्पलेट बोकेर सडकमा आए । यी युवाहरुले कुर्चिको सातो लगिसकेका छन । कुर्चिले जता हेर्यो उतै भुत देखिने भेटिने सम्भावना बढेको छ । भुतले लगेको सातो फर्काउन अलि दुख हुन्छ । यहि पारा रहिरहयो भने सातो लैजान २०८० पनि कुर्न नपर्ला । भुतलाई पन्छाउनको लागि ठुलाबडाले समयमै जनताको पुजा गर्न ढिलो नगरौ ।
टुनिखोलाको भुत
टुनिखोलाको भुत

Advertisement
तपाईको प्रतिक्रिया